नागार्जुन कम्युनिकेसनले अनलाइनमार्फत् व्यक्तिगत घटना दर्ता गर्ने

काठमाडौं ,साउन १० ।  नागार्जुन नगरपालिकास्थित नागार्जुन कम्युनिकेसनले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता फारम अनलाइनमार्फत भर्ने भएको छ ।

कम्युनिकेसनले नागार्जुन नगरपालिका अन्तर्गतका वडा कार्यालयका सेवाग्राहीलाई लक्षित गरी अनलाइनमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धबिच्छेद दर्ता गर्ने भएको सञ्चालक माधव अधिकारीले जानकारी दिए ।

सर्वसाधारणले दिएको सूचनाका आधारमा अनलाइनमा रहेको फाराम भरेर सम्बन्धित वडामा पठाएपछि प्रमाणपत्र मात्र लिन जानुपर्ने छ । सरकारले केन्द्रीय पञ्जीकरण विभाग गठन गरेर व्यक्तिगत घटना दर्ता गर्ने कार्य गर्दै आएको छ ।

विभागले त्यस्ता घटना दर्ताका लागि अनलाइन सफट्वेरको व्यवस्था गरेको थियो ।

कमेन्ट गर्नुहोस्