राष्ट्रपती र उपराष्ट्रपती अदालत भन्दा पनि माथि ! मुद्दा हाल्न नपाईने ?

काठमाडौं ,साउन १० ।  सरकारले राष्ट्रपती र उपराष्ट्रपतीलाई मुद्दा हाल्न नपाउने गरी विधेयक संसदमा पेश गरेको छ । यो विधेयक पास भएमा राष्ट्रपती र उपराष्ट्रपतीले पदीय हैसियतले गरेका काम कारबाहीको विषयमा अदालतमा मुद्दा दायर गर्न पाइने छैन ।प्रधानमन्त्रीका तर्फबाट श्रममन्त्री फरमुल्लाह मन्सुरले संसदमा पेश गरेको विधेयकमा राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय हैसियतमा सम्पादन गरेका कामको बिषयमा पदमा बहाल रहदा वा निवृत्त भएपछि पनि अदालतमा मुद्दा चलाउन नपाईने उल्लेख छ ।

यसैगरी सोही विधेयकमा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा अन्य सुविधा पनि तोकेको छ । अब राष्ट्रपतिको पारिश्रमिक प्रतिमहिना १ लाख ५० हजार ४ सय ५० रुपैयाँ र उपराष्ट्रपतिको पारिश्रमिक प्रतिमहिना १ लाख ८ हजार ३० रुपैया प्रस्ताव गरिएको छ ।

त्यस्तै पोशाक सुविधा वापत राष्ट्रपतिलाई प्रतिबर्ष २५ हजार र उपराष्ट्रपतिलाई २० हजार रुपैयाँको प्रस्ताव गरिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिले स्वेदश भम्रणका क्रममा दैनिक ३ हजार ३ सय र विदेश भ्रमणमा दैनिक २ सय ५० अमेरिकी डलर भत्ता दिन विधेयकमा प्रस्ताव छ । बीमाको हकमा दुवै पदका लागि २५ लाख रुपैयाँको प्रस्ताव गरिएको छ ।

कमेन्ट गर्नुहोस्