गाईको मासु र जातीयताको नियोजित विवाद

जातीयताको गलत बुझाईले देश सुडान हुने खतरातर्फ

पछिल्लो समयमा सामाजिक सञ्जालमा धर्म निरपेक्षता र राष्ट्रिय जनावर गाईको बारेमा चर्चा चुलिएको छ । यो चर्चाले दुईवटा अतिवादी विचारलाई प्रश्रय दिइरहेको देखिन्छ । कतिपयले यो विषयलाई आस्थासँग समेत जोडेर हेरेका छन् ।
यथार्थमा, नेकपा माओवादीको तत्कालिन सशस्त्र संघर्षका क्रममा ‘गाई काटेर खानुपर्छ’ भनेर कहिल्यै सिकाइएको थिएन । न त ‘गाइको मासु चपाउँदा स्वर्गको द्वार देख्न पाइन्छ’ नै भनियो ।

देशमा सामन्ती एकात्मक शासन प्रणालीले गरिबमाथि पटकपटक बलात्कार गरिरहेको बेला १० बर्षीय महान जनयुद्ध सुरु भयो । जनयुद्ध एउटा मिशन थियो मुक्तिको, त्यहाँ न धर्मले स्थान पाएको थियो न जातले नै । त्यो मुक्तिको स्वर्णिम सपना थियो, जसका लागि नेपाली आमाका हजारौं होनहार छोराछोरीहरुको बलिदान भयो । त्यही रक्तकुण्डमा आफ्नो अस्तित्व खोज्दै गरेका हामीले न्यायको नौलो संसार जित्यौ ।
यही त्यो संघर्ष थियो जसले सबैलाइ अधिकार माग्न सिकायो आफ्नो अस्तित्वको पहिचान गर्ने बैज्ञानिक फर्मुलाको बिजारोपण गर्यो । कतिपयले यो संघर्षले जातिवाद र धर्मको बहस अगाडि सारेको बताएपनि यथार्थमा त्यो थिएन । माओवादीले अधिकारको कुरा सिकायो तर त्यसलाई गलत तत्वहरुले जातीवादमा लगेर मिसाउन पुगे ।

खासगरी माओवादीको यो एजेण्डालाई भजाएर त्यसलाई जातीवादमा रुपान्तरण गर्न यूरोप र अमेरिकी कतिपय संस्थाहरुले ठूलै प्रयत्न गरे । यसले नेपालमा जातीयताको बीऊलाई संस्थागत गर्न पुग्यो । जातीको अधिकार र जातीयता फरक हो भन्ने अर्थमा भन्दा पनि जातीयतालाई सम्प्रदायिकरुपमा विकास गरेर राष्ट्रिय अखण्डतालाई कमजोर पार्ने र राष्ट्रिय राजनीतिमा खेल्ने उनीहरुको रणनीति एक अर्थमा सफल देखियो पनि ।

याे पनि पढ्नुस  संविधान विशेष: ऐन कानूनको अभावमा संविधान कार्यान्वयनले गति लिन सकेन

यही कारणले अन्याय अत्याचारका विरुद्ध भएको युद्ध अभ्यासलाई भुल्यौ । त्यस भित्रको अस्तित्वपुजनलाइ कुल्चियौ । यतिसम्म कि अब कुनै व्यक्ति विशेषले गरेको गल्तीलाई समेत जाति र धर्मसंग जोडेर भयंकर युद्धको नयाँ सुत्र–संरचना बनाउन खोज्दैछौ । हिजो राज्यको एकात्मक शासन विरुद्ध लड्दै गर्दा त्यहाँ क्रिश्चियन, हिन्दु, बुद्ध, मुस्लिमजस्ता सबै जातजाति अनि धर्मका आस्थावान योद्धाहरुको जमात डाइनामाइट बनेर पड्कदै थियौ । त्यो के का लागि थियो ? तिनै उत्पीडन र विभेदरुपी पर्खाल तोडी समानताको संसार निर्माण गर्नु नै अन्तिम लक्ष्य थियो ।

कसैले स्वीकार गरेपनि या नगरेपनि जनयुद्धको उपलब्धिको रुपमा नेपाल एक धर्म निरपेक्ष राज्य घोषित भयो । राज्यको कुनै खास धर्म रहेन । जसलाई जुन धर्म मन पर्छ उ उसले आफ्नो विवेक प्रयोग गरेर धर्म परिवर्तन गर्न पाउने भएको छ । यसको मतलब यो हैन कि स्वतन्त्रताको नाममा अरुको धर्मप्रतिको ठाडो प्रहार होस् । अरुको सम्प्रदायप्रतिको अवमुल्यन नहोस । हामी आफुलाई कसैले सम्मान गरोस् भन्ने चाहन्छौ भने हामीले अरुलाई पनि सम्मान गर्नैपर्छ । सदियौ देखिनै हिन्दु धर्मको शास्त्रले गाईलाई गौ–माता मानेर पुज्दै आएको छ भने बिगत लामो समयदेखि नै गाई नेपालको राष्ट्रिय जनावरको रुपमा सूचीकरण भएको छ । जसको कारण नेपालमा गाई काट्न र गाईको मासु खानलाई कानुनले अबैध भन्दै बन्देज गरेको छ ।

हिजो कानुनको तराजुलाई आफ्नो न्यायको अधिकार खोज्दै लुछाचुडी गर्ने महापुरुषहरु त्यो कानुन लेख्ने मसि बगिरहदा कता व्यस्त हुनुहुन्थ्यो त्यो उहाँहरुलाई नै थाहा होला । तथापि हिजो त्यस्ता कुराको बिरोध नगर्ने अनि आज कुनै जाति विशेषले अरुको धर्मप्रतिको अपमान हुने गरि खुलेयाम गलत काम गर्दा राजनीति कै लागि गलत प्रचार गर्ने प्रवृत्तिबाट कतै जातिय र धार्मिक द्वन्द गराउन लागिरहेका त हैनन भन्ने लाग्छ । अधिकारका लागि कुनै सीमा नराख्ने, अनि कर्तव्यलाई लात मार्दै राज्य विरुद्ध जसो पनि गर्ने । अनि तिनै राज्यले बनाएका कानुन नियमलाई मान्दैनौं भन्दै अरुको धर्मप्रति खुकुरी प्रहार गर्ने प्रवृत्ति के न्याय संगत होला ?

याे पनि पढ्नुस  एमालेको नयाँ अड्को, फेरि अर्को संशोधन प्रस्ताव ल्याए मात्रै पास गर्ने

त्यसो त आज भन्दा ठिक २३४ बर्ष पहिले भेनेजुएलामा चरम भोकमरीले निम्त्याएको नियतिले मर्दै गरेको घिटघिटी मान्छेलाइ घिसार्दै ल्याएर सास नजादै काटेर खसी बोकाको मासु भाग लगाए झै लगाएर खान्थे भन्ने इतिहास आज पनि हामिले पढ्न र जान्न सकिन्छ । त्यो कुनै मिठासताको बिपिन सम्झौता थिएन । जिन्दगी र जिउनु बिचको तितो उपहार थियो। ती बिपत्तिले जन्माएका कठोर बाध्यता थियो। ठिक त्यसकै पर्यायवाची अर्थ १० बर्षे जनयुद्ध सहजै समाप्त भएन त्यहा निकै ठुलो अभाव अनि भोकभोकै रहनुपर्ने अवस्था समेत सिर्जना भयो । एक थोपा पानी समेत नपाउँदा कति योद्धाहरुले आफ्नो भिजेका कपडा निचोरेर पसिनाले आफ्नो सास बचाएका थिए । त्यो कि भोग्नेलाइ थाहा छ कि त देख्नेलाई । यति दयनीय अबस्थाको उपज द्वन्दमा भएका सानातिना घटनालाइ लिएर तत्काल राज्य विरुद्ध नै खनिनु र हिजो तिनै माओवादीले सिकाए आज तिनै माओवादीले जेल हाल्यो भन्नु कत्तिको सान्दर्भिक होला त्यो बोल्नेलाई महसुस होस । कसैले आफ्नो अधिकार प्रयोग स्वतन्त्र रुपमा गर्न पाउछ तर अरुलाई चोट नपुगोस भन्ने हो ।

याे पनि पढ्नुस  संविधान विशेष: ऐन कानूनको अभावमा संविधान कार्यान्वयनले गति लिन सकेन

यद्यपि राज्यको नीति छ राज्यको पद्धति छ, संसद छ जो कोहीले आफ्नो अधिकारका लागि राज्यसंग आफ्नो आवाज बुलन्द गर्न सक्छ तर कुनै जात, वर्ग अनि धर्ममाथि प्रहार गर्ने अधिकार छैन । सानातिना कुरालाई धार्मिक र जातिय मुद्धाको खोल जोडेर आफ्नो चर्चा अनि जिन्दगीलाई सुन्दर देख्नेहरु हो यथार्थलाई बोध गर्ने गर । हरेक ब्यक्ति विशेषले गरेको गल्तिको पहिचान नगरी हचुवाको भरमा मेरो जातलाई अन्याय भयो, मेरो धर्मप्रतिको उचित सम्मान गुमाए भन्दै रोइलो गर्नु सही होइन । प्रवृत्ति र नितिको सबै मिलेर बिरोध गर्न सकिन्छ, राज्यले विभेदकारी नीतिलाई अबलम्वन गर्छ भने त्यसको प्रतिकात्मक युद्ध लडौ ।

तर अधिकार मागिरहँदा कर्तव्यलाई लात मार्दै निदाए झै नगरौ । हामी हिजो पनि चार जात छत्तीस बर्णका फुलबारीका मालिक हौ र आज पनि । सकारात्मक भावनालाई सिरोपर गरौ । सबै जातजाति धर्म सँस्कृतिका भक्तहरुले सबैलाइ सम्मान गरौ । जसले हामीलाई बचाउछ । हाम्रो धर्म सँस्कृतिलाई बचाउन सकिन्छ अनि राष्ट्र वच्न सक्छ हैन भने हामी कोही रहन सक्दैनौं । अन्ततः हाम्रो पनि अन्तिम बिकल्प युद्ध नै जन्मिएर आउने छ । यसको अन्तिम नतिजा भनेको दक्षिणी सुडानको जस्तो बिकाराल रुप बन्ने छ । त्यसैले बेलैमा सचेत हौ । धर्म र जातको राजनीतिलाई त्यागौ। सबैले सबैको धर्म सस्कृतिको उच्च सम्मान गर्दै धार्मिक सहिष्णुताको विकास गरौ ।

कमेन्ट गर्नुहोस्