आन्दोलनमा आंशिक प्राद्यापक, रिले अनशन शुरु

काठमाडौं, साउन १० । आंशिक प्राद्यापकहरु रिले अनशनमा बसेका छन् ।

नेपाल आंशिक प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि आज रिले अनसन शुरु गरेको हो । संघले उठाएका मागलाई बेवास्ता गरेको भन्दै संघमा आबद्द आंशिक प्राध्यापकहरुले विहान १० बजेवाट अनसन शुरु गरेको संघका अध्यक्ष शशी कुमार शर्माले जानकारी दिए ।

आंशिक प्राध्यापक संघले आंशिक रुपमा कार्यरत प्राध्यापकहरुलाई करार नियुक्त गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् । करिब १ हजार २ सयको संख्यामा आंशिक प्राध्यापकहरु कार्यरत रहेको संघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्