अफगानिस्तानद्वारा नेपाल सामु १ सय ९६ रनको लक्ष्य

काठमाडौं, अफगानिस्तानले नेपाली टीमसामु एक सय छयानब्बे रनको लक्ष्य राखेको छ ।

आइसीसि यू १९ विश्वक कप छनौटका लागि सिंगापुरमा भइरहेको खेलमा टस जितेर ब्याटिङको फैसला गर्दै अफगानिस्तानले १९५ रन जोडन सफल भएको हो ।

५० ओभरको खेलमा नेपाली बलरहरुले अफगानिस्तानलाई ४६.५ ओभरमा सीमित गरेका थिए ।
अफगानिस्तानका तर्फबाट ओपनर इब्राहिम जर्दान र नवीद ओवेदले उत्कृष्ट पारी खेलेका थिए । जर्दानले ११४ बलमा १०१ रन बनाएका थिए ।

नेपालका लागि साहब आलमले ४ विकेट, दिपेन्द्रसिंह ऐरीले ३ र सन्दीप लामिछाने तथा पवन सर्राफले एक एक विकेट लिएका थिए ।

कमेन्ट गर्नुहोस्