डा. केसीको आन्दोलन अर्थहीन– शिक्षा सचिव

काठमाडौं, साउन १० । शिक्षा सचिव शान्त बहादुर श्रेष्ठले डा. गोविन्द केसीको अनसन अनावश्यक रहेको बताएका छन् ।

चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने लगायतका माग सहित डा. केसी ११ औं पटक अनसनमा बसेका छन् ।

रेडियो कान्तिपुरसंगको कुराकानीमा सचिव श्रेष्ठले चिकित्सा शिक्षा सम्बन्धी विधेयक तत्काल पास गर्नु पर्ने डा. केसीको माग पुरा हुने प्रक्रियामा रहेको भन्दै अनसन बस्नुको औचित्य नभएको बताएका थिए ।

विधेयक पारित गर्ने प्रक्रियामा रहेकाले केहि दिन मै यसले एउटा निष्कर्ष पाउने उहाँको भनाई छ ।

सामाजिक सञ्जालमा समेत डा. केसीको आन्दोलनको आलोचना शुरु भएको छ । विगतमा मृगौला झिक्ने घटना हुँदा समेत डा. केसीको मौनता देखिएको तर अहिले प्रक्रियामा रहेको कुराका लागि समेत अनसन बस्नु गलत भएको कतिपयले टिप्पणी गरेका छन् ।

कमेन्ट गर्नुहोस्