एनआरएनए एशियाको इतिहासमा पहिलोपटक महिला नेतृत्व विजयी

हङकङ, साउन १० । गैर आवासीय संघ (एनआरएनए)को इतिहासमा पहिलोपटक महिला प्यानल विजयी भएको छ ।

एनआरएनए हङकङमा राधिका गुरुङ (टिका) को पुरै प्यानल बिजयी भएको हो ।

आईतबार सम्पन्न छैटौ अधिवेशन र प्रतिनिधी छनौटमा अधिकांश पदहरु सर्वसम्मत चयन भए

अध्यक्ष पदका लागि प्रत्यासी कोमल गुरुङले अन्तिम समयमा उमेद्धारी फिर्ता लिएका थिए ।

यसअघि बेल्जियमा जानुका गुरुङ् अध्यक्ष भएकी थिइन ।

अधिवेशनमा महासचिव र महिला संयोजकका लागी मतदान भएको थियो, जसमा किसन राईले प्रत्यासी बिनय शाहलाई पराजित गरे । महिला संयोजकमा प्रत्यासी ईन्द्र गुरुङ्लाई पराजित गर्दै अनु राई बिजयी भईन । अधिवेशन र निर्वाचनका लागि एनआरएनएका उपाध्यक्षद्धय भवन भट्ट र कुमार पन्त, एनआरएनए प्रशान्त क्षेत्रका सहसंयोजक गोविन्द श्रेष्ठ लगायतको सहभागिता थियो ।

संघको कोषाध्यक्षमा गोकर्ण ढकाल, सचिवमा टिका राना, आई सि। सि। सदस्य मिनबहादुर गुरुङ्, सदस्यहरु किशोरकुमार गुरुङ्, सुरेन्द्रमान घले, बिजयकुमार गुरुङ्, बसन्तबहादुर श्रीनेत, भेषमणी श्रेष्ठ, बिजय श्रेष्ठ, ईन्द्र वनेम, सिमा थापा, धरमकुमार गुरुङ् र्निविरोध चयन भएका थिए ।

कमेन्ट गर्नुहोस्