कोरियन भाषा परीक्षाकाे नतिजा भोली आउने

काठमाडौं, साउन १० ।  यस वर्षको जेठ २७ र २८ गते रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।  यसअघि नतिजा भोली सार्वजनिक गर्ने भनिएको थियो ।

भाष परीक्षामा ७५ हजार पाँच सय ८० जनाले आवेदन दिएका थिए । परीक्षामा भने झण्डै ६८ हजार सहभागी भएका थिए । यो वर्ष क्षेत्रमा ६ हजार २०० र उत्पादनमा ४ हजार उत्तीर्ण हुनेछन् ।

इपिएस कोरिया शाखाका अनुसार नजिता बुधबार बिहान १० बजे सार्वजनिक गरिनेछ । नतिजा इपिएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विकास (एचआरडी)को वेवसाइटमा हेर्न सकिन्छ ।

File Photo

कमेन्ट गर्नुहोस्