मुम्बईमा भवन ढल्दा १२ को मृत्यु

मुम्बई, साउन १० । मुम्बईको लाल बहादुर मार्गमा मंगलबार दुई भवन ढल्दा १२ जनाको मृत्यु भएको छ ।

घाटकोपर क्षेत्रमा खसेका ती दुई भवनबाट ९ जनालाई सकुशल निकालिएको प्रहरीले जनाएको छ । कैयन् मानिसहरु अझै दबिएको आशंका गरिएको छ ।

अधिकारीहरुका अनुसार, आज बिहान साढे दश बजे भएको उक्त घटनामा ढलेका भवनमुनि नर्सिङ होम चलाइएको बताइन्छ ।

कमेन्ट गर्नुहोस्