अख्तियारद्वारा स्वास्थ्य सेवा विभागका उप महानिर्देशक घुससहित पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा। रमेश विक्रमसिंहलाई घुससहित पक्राउ गरेको छ। डा। सिंहलाई सेवा ग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियार स्रोतलाई उल्लेख गर्दै स्वास्थ्यखबर अनलाईनले जनाएको छ।

अख्तियारका एक अधिकारीका अनुसार सिंहलाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो। डा. सिंह यसअघि क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय हेटौडामा कार्यरत थिए।

कमेन्ट गर्नुहोस्