अफगानिस्तानलाई हराउन सकेन नेपालले, यू-१९ विश्वकपमा छनोट हुन असफल

काठमाडौं, साउन १० । आइसीसि यू १९ विश्वकप क्रिकेट छनौट चरणको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । योसँगै विश्वकप छनौट चरणबाट नेपाल बाहिरिएको छ ।

अफगानिस्तानले दिएको १९६ रनको लक्ष्य नेपालको खराब ब्याटिङका कारण पुरा हुन सकेन ।
यू १९ विश्वकप अर्को वर्ष न्यूजिल्याण्डमा हुन गइरहेको छ ।

सिंगापुरमा आज भएको खेलमा अफगानिस्तानले दिएको १९६ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४०.६ ओभरमा ९९ रन बनाएर अल आउट भएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४८ रन, सन्दिप सुनार, ६ रनमा आशिफ शेख २ रन बनाएर आउट भए ।

तेस्रो नम्बरका प्रनित थापामगरले खाता खोल्नै सकेनन् भने अनिल साह पनि ६ रनमै आउट हुँदा नेपालले १०।४ ओभरमा २३ रन जोड्दा चार विकेट गुमाइसकेको थियो । १७औं ओभरमा नेपालले पाँचौं विकेटका रुपमा रोहित कुमार पौडेललाई गुमायो, उनले ३ रनमात्र टिमको खातामा थप्न सके ।

पाचौं नम्बरमा आएका दिपेन्द्रले पवन सर्राफसँग मिलेर छैटौं विकेटका लागि ५१ रनको अर्धशतकीय साझेदारी गरेका थिए । ३३।२ र ३४।६ ओभरमा क्रमसः पवन सर्राफ १० र दिपेन्द्र सिंह ऐरी ४८ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा नेपालको स्कोर ८५ भयो ।

त्यसपछि आएका विकेटकिपर ब्याट्सम्यान प्रकाश केसीले पनि १० रनमात्र बनाए । नेपालका कप्तान सन्दिप लामिछानेले २ र शाहव आलमले अविजित २ रन बनाए ।

कमेन्ट गर्नुहोस्