अन्ततः मन्त्रीको टुंगो लगायो कांग्रेसले, भोली शपथ हुने (नामावलीसहित)

काठमाडौं, साउन १० । निकै लामो विवादपछि नेपाली कांग्रेसले मन्त्रीहरुको नाम छनौट गरेको छ ।
सत्ता साझेदार माओवादी केन्द्रले भने यसअघि नै आफ्ना प्रस्तावित मन्त्रीहरुको नामावली प्रधानमन्त्रीलाई दिइसकेको छ ।

औपचारिकरुपमा सार्वजनिक नभएपनि नेपाली कांग्रेसले सबै समूहलाई मिलाएर १३ जना मन्त्रीहरुको नाम टुंगो लगाएको हो । यसअघि उपप्रधानसहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर कांग्रेसबाट मन्त्री भइसकेका छन् ।

को को छन् त प्रस्तावित मन्त्रीहरु

देउवा पक्षबाट

मीन विश्वकर्मा
अर्जुन जोशी
वीरबहादुर बलायर
अम्बिका बस्नेत

पौडेल समूह

बलबहादुर केसी,
रामकृष्ण यादव,
राजन केसी
सरिता प्रसाई/कमला पन्त

सिटौला समूह

भीमसेनदास प्रधान

खुमबहादुर समूह

मोहनबहादुर बस्नेत

कमेन्ट गर्नुहोस्