चीनद्वारा भारतीय विशेष दूत डोभालसँग वार्ता गर्न अस्वीकार

काठमाडौं, चीनले सिक्किम सीमा विवादका बारेमा वार्ता गर्न खटाइएका भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग यथास्थितिमा वार्ता नगर्ने स्पष्ट गरेको छ ।

भारतीय संसदमा छलफल भएपछि डोभाललाई चीनसँग विवादित सीमाका विषयमा औपचारिकरुपमा कुरा गर्न डोभाललाई जिम्मेवारी दिएको थियो ।

सरकार समर्थित चिनियाँ पत्रिका ग्लोबल टाईम्सले सम्पादकीय लेख्दै भारतीय सेना फिर्ता नभएसम्म चीनले भारतसँग वार्ता नगर्ने बताएको हो । सरकारले औपचारिकरुपमा यसबारेमा केही उल्लेख नगरेपनि ग्लोबल टाइम्सलाई सरकारको अघोषित मुखपत्रका रुपमा समेत लिइन्छ ।

सोमबार चीनले नै ब्रिक्स बैठकको अलावा डोभल तथा चिनियाँ समकक्षीसँग भेटघाट हुने आशयका समाचार भारतीय सञ्चारमाध्यमले प्रचार गरिरहेको बेला ग्लोबल टाइम्सले सम्पादकीय लेखेको हे ।

सम्पादकीयको सुरुवातमा नै भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रिक्स बैठकमा सहभागी हुनको लागि चीन आउन लागेको भन्दै वर्तमान समयमा चीन तथा भारतको सेनाकाबीचमा जारी टकरावको मुख्य डिजाईनरको समूहमा डोभालपनि सामेल रहेकोे बताउँदै चीनसँग कसैको पनि दुईपक्षीय गतिरोध अन्त गर्नको लागि भारतले अहिलेको स्थानबाट सेना फिर्ता लैजानै पर्ने अडान दोहोर्याएको छ ।

सम्पादकीयमा लेखिएको छ चिनियाँ पक्ष भारतीय पक्षसँग कुनै छलफल गर्नेछैन जबसम्म उनीहरुको सेना विना कुनै शर्त डोक्लामको विवादित क्षेत्रबाट पछि हट्दैन । सम्पादकीयमा भारतले अहिले भ्रम बोकेको भन्दै आफ्नो भ्रम भारतले हटाउनै पर्ने बताएको छ ।

कमेन्ट गर्नुहोस्