दलालको पञ्जाबाट १४ उम्किए ५ को अवस्था उस्तै, दूतावास भन्छ ‘कारबाही गर्न सकिन्न’

युएइ, साउन १० । रोजगारीका लागि भन्दै विभिन्न प्रलोभन देखाइ सेटिङ मार्फत युएइ ल्यायर अलपत्र बनाइएका १९ जना नेपाली मध्य १४ जना मंगलबार स्वदेश फर्किएका छन । पाँच जनाको भने अहिले पनि अवस्था उस्तै छ ।

काठमाडौको ठमेलमा रहेको अर्थ लाइन ट्राभल्समार्फत युएइ ल्यार्इ अलपत्र पारिएका १९ जना नेपालीले बिगत लामो समयदेखि ट्राभल्सकै युएइमा सेटिङ मिलाउने दलाल साजन भनिने (प्रेम पाण्डे)मार्फत शारिरीक र मानसिक यातना सहनु परेको थियो ।

विभिन्न बाटो हुँदै युएई ल्याइएका पीडितलाई दलालले मरासन्न हुने गरि कुटपिट गर्न तथा ज्यान मार्नसम्मको धम्की दिएको प्रमाण बोकेर पीडित दूतावास पुगे पनि दूतावासले भने दलाललाई कारबाही गर्न नसकिने बताएको छ ।

आफूहरुलाई दलालले अलपत्र पारेको भन्दै न्यायको खोजीमा दूतावास पुगेका पीडितलाई दूतावासले सहयोग र चासो नदिएपछि विभिन्न मिडियामा कार्यरत पत्रकार तथा सामाजिक संस्थाको पहलमा उद्दार गरि १४ जनालार्इ नेपाल फर्काउन सफल भएको हो ।

भने बाकी पाँच जना मध्ये चार जना भिसा अबधी सकिएका र एक जना भिसा अबधी भएका छन ।उनीहरुलार्इ समेत तत्काल नेपाल पठाउन चौतर्फी दबाब सृजना भएको छ ।

निवेदन दिएको लामो समयसम्म पनि दूतावासले चासो नदिएपछि विभिन्न मिडियामा प्रकाशित समाचारलाई खण्डन गरि दूतावासले पित पत्रकारिता भन्दै आरोप समेत लगाएको थियो ।

यसरी दूतावासले दलाललाई जोगाएर पत्रकारमाथी आरोप लगाए पश्चात् सोमबार नेपाली दूतावास अबुधाबीमा राजनीति दलका भातृ सङठनका प्रतिनिधि र पत्रकार सहित छलफल गरिएको थियो । दूतावासका महामहिम राजदुत नेत्रबहादुर टन्डनले कुरै नसुनी दलाललाई कारबाही गर्न नसकिने बताएपछी अन्ततः नेपाली दूतावास युएइ श्रमिकको पक्षमा नरहेको प्रमाणित भएको छ ।

नेपाल सरकारले भैपरि आउने समस्यामा आफ्ना नागरिकको सहयोग उद्दार र सुरक्षाको जिम्मेवारी दिएर दूतावासको स्थापना गरि कर्मचारीलाई इमानदार भएर काम गर्न भनी पठाएको भय पनि दलालसंग नै साँठगाँठ गर्दै पीडितलार्इ वेवास्ता गरेपछि दूतावासप्रतिको भरोसा लाखौ नेपालीबाट हटेको छ भने यहाँ स्थित विभिन्न राजनीति दलका सङठनहरुले समेत दूतावासको हर्कत बारे चौतर्फी बिरोध गरेका छन ।

कमेन्ट गर्नुहोस्