कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्ने !

काठमाडौं, साउन १० । यस वर्षको जेठ २७ र २८ गते रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।

यस वर्ष ६८ हजार भन्दा बढी प्रशिक्षार्थीले कोरियन भाषा परीक्षा दिएका थिए । उनीहरु मध्ये जम्मा १२ हजार एक सय ८ उत्तीर्ण भएका ईपीएस कोरिया शाखा प्रमुख बाबुराम खतिवडाले एभेरष्ट दैनिकलाई जानकारी दिए । खतिवडाका अनुसार उत्तीर्ण भएका मध्ये आधाभन्दा बढी कृषितर्फका परीक्षार्थी रहेका छन ।

गएको असार १६ गते नतिजा प्रकाशित गर्ने भनिएपनि फारम भरेका केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएर ढिलो गरि नतिजा सार्वजनिक गरिएको हो ।

ईपीएस अन्तर्गत भाषा परीक्षा पास हुनेहरुलाई आगामी फेब्रुअरीबाट स्वास्थ्य परीक्षणलगायतका प्रक्रिया सुरु हुने बताइएको छ ।

परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् भन्ने ग्यारेन्टी भने नहुने ईपीएस शाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्