ट्राफिक प्रहरी महाशाखा प्रमुखमा एसएसपी खनाल

काठमाडौं, साउन १० । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा एसएसपी सर्वेन्द्र खनाललाई सरुवा गरेका छन ।

यसअघिका डीआईजी मिङमार लामालाई केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा सरुवा गरिएको छ ।

हालै गृहमन्त्रालय गरेको एसएसपी बढुवा सिफारिसमा खनाल पहिलो नम्बरमा परेका थिए ।

अपराध अनुसन्धान महाशाखामा निकै चर्चा कमाएका एसएसपी खनाल आईजीपीको कार्यालयमा थिए । खनालले आफू आजैदेखि कार्यालयमा हाजिर भएको बताए ।

कमेन्ट गर्नुहोस्