गीता हत्याकाण्ड : विवाहको दवावपछि प्रेमीकाको हत्या

प्रेम सुनार
गुल्मी, असार १० । प्रेमको बाहानामा लामो समयदेखि एक दलित महिलासँग यौन सम्बन्ध राख्दै आएका गैरदलित प्रेमीले प्रेमीकाको विवाहको प्रस्ताव आएपछि हत्या गरी खोलामा फालेको खुलासा भएको छ ।

अनमेल उमेर र समाजमा अमिल्दो जातका कारण गुल्मी पौदीअमराईकी ३५ वर्षीया गीता नेपालीलाई वाग्लुङ्ग राक्सेका १८ वर्षीय हिरा वलामी मगरले असार २५ गते राती हत्या गरी बढिघाट खोलामा फालेको वाग्लुङ्ग जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बढिघाट गाउँपालिका वडा नम्वर २ राक्से गाउँका वलामी मगर र गुल्मीको ईस्मा विवाह भई श्रीमानले हेला गरेपछि तीन सन्तानसहित पौदीअमराईस्थित माइतीमा बस्दै आएकी नेपाली र वलामी मगरबीच लामो समयदेखि प्रेम र अनुचित सम्वन्ध रहेको खुल्न आएको छ । पछिल्लो समय गीताले विवाह नगरे अव उजुरवाजुर गर्छु भनेर दवाव दिएपछि जाजीय विभेद र अनमेल उमेरका कारण उनलाई कर्तव्य ज्यान गरेको पुष्टी भएको वाग्लुङ्ग जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रकुवेर खातुनले जानकारी दिए ।

विवाह भई श्रीमानले हेला गरेपछि तीन सन्तानसहित पौदीअमराईस्थित माइतीमा बस्दै आएकी नेपाली र वलामी मगरबीच लामो समयदेखि प्रेम र अनुचित सम्वन्ध रहेको खुल्न आएको छ । पछिल्लो समय गीताले विवाह नगरे अव उजुरवाजुर गर्छु भनेर दवाव दिएपछि जाजीय विभेद र अनमेल उमेरका कारण 

उनले भने, ‘यी दुईबीच प्रेम र अनुचित सम्वन्ध पनि रहँदै आएको पाईयो, गीताले विवाह गरौं नत्र उजुरी दिन्छु भने पछि जात नमिल्ने र उमेर पनि आधाभन्दा बढि भएका कारण स्वीकार्न नसकी हत्या गरेको निजले नै स्वीकार गरेको छ । ’

गीता नेपालीको शव असार २६ गते विहान खर्वाङ्गस्थि बढिघाट खोला किनारमा हरिचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीको नेतृत्वमा प्रहरीले ठुलो जोखिम मोलेर बाहिर निकालेको थियो ।

त्यसको भोलीपल्टसम्म वेवरिसे रहेको उनको शव तव पत्ता लागेको थियो, जव उनीहरुले काम गर्ने स्थान लव्दीखोला मोटरेवल पुल निर्माणस्थल नजिकैको एक भट्टीमा गीता, उनकी भाउजु सिता र उनका प्रेमी वलामी मगर बसेर साँझ करिव ८ वजेसम्म बसेर वियर लगायत खाएर रमाएको पत्तो लाग्यो ।

उनीहरुले काम गर्ने स्थान लव्दीखोला मोटरेवल पुल निर्माणस्थल नजिकैको एक भट्टीमा गीता, उनकी भाउजु सिता र उनका प्रेमी वलामी मगर बसेर साँझ करिव ८ वजेसम्म बसेर वियर लगायत खाएर रमाएको पत्तो लाग्यो ।

त्यसपछिको समयमा भाउजु सिता घर गएको र नन्द गीतालाई कसैको फोन आएर मपछि आउँछु भन्दै फर्केको भन्ने छ । ‘ उनकी भाउजु गीतालाई पनि बोलाएर अनुसन्धान गरेको हो तर उनको हत्यामा संलग्नता नदेखिएपछि छाडियो, हत्या गरेको चाँही वलामी मगरले नै खुलेकोले अभियुक्तलाई थुनामा राखी मुद्दा अगाडी बढाईको छ’, एसपी खातुनले भने ।

गाउँमा भने यस घटनाका विषयमा नानथरी कुराहरु चलिरहेका छन् । कतिपयले गीताले त्यो उमेरमा आफू भन्दा आधा उमेरले कान्छो केटालाई ज्यान सुम्पीन नहुने धारण राख्छन भने कतिपयले ति महिला संग यौन मस्ती लिँदा केटाले जात खोजेन, जेठो कान्छो उमेर भनेन् , जव विवाह गर्न बाध्य हुनु प¥यो तव ज्यानै लियो, यसले समाजलाई सजग गराएको छ ।

समाजमा आएका यी दुवैखाले धारणहरुसंग निश्चित रुपमा दलित महिलाहरु सजग हुन जरुरी देखिएको छ । अन्तरजातिय प्रेम सम्वन्धका कारण यसै ५ नम्वर प्रदेशको रुपन्देहीमा वावुले छोरीको हत्या गर्ने प्रयास र यता प्रेमीले जातिय कारणबाटै प्रेमीकाको हत्या प्रकरणले ५ नम्वर प्रदेशमा रुढीवादी चिन्तन र त्यसले निम्ताउने यस्ताखाले परिणामहरु सरोकारवालाई चुनौतीको विषय छ भन्ने देखाएको छ ।

कमेन्ट गर्नुहोस्