नयाँ शक्ति बैठकः नेताहरुबीच गम्भीर मतभेद

काठमाडौं, साउन १० । पार्टी पुनर्गठन र स्थानीय तह निर्वाचनको समीक्षाका लागि सुरु भएको नयाँ शक्ति पार्टी नेपालको बैठकमा नेताहरुबीच राजनीतिक, वैचारिक र एकताका विषयलाई लिएर तीब्र मतभेद सुरु भएको बताएको छ ।

बैठकमा उपेन्द्र यादव नेतृत्वको फोरमसँगको पार्टी एकताका विषयमा पनि गम्भीर छलफल भईरहेको बताइएको छ । नेताहरुले बताउन नचाहे पनि एकताका विषयमा गम्भीर मतभेद रहेको एक नेताले बताएका छन ।

राजधानीको बबरमहलमा रहेको पार्टी कार्यालयमा सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यकारी समितिको बैठकमा पार्टीका संयोजक डा बाबुराम भट्टराईले पेस गरेको पार्टीको एक वर्षको समीक्षा र भावी योजना समेटिएको राजनीतिक प्रतिवेदन माथि छलफल भैरहेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्