संशोधनबिना राजपाले चुनाबमा भाग लिदैंन : ठाकुर

काठमाडौं साउन १० । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अहिलेकै अवस्थामा तेस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी नहुने बताएका छन ् ।

मंगलबार राजधानीको एक साक्षात्कार कार्यक्रममा संयोजक ठाकुरले भने, ‘संविधान संशोधन राजपाको बटमलाइन हो, संशोधन बिना यथास्थितिमा निर्वाचनमा सहभागी हुन सकिदैन ।’

अहिलेपनि तराईमा राजपाका निहत्था कार्यकर्ताहरुमा सरकारी पक्षबाट धरपकड भइरहेको उनले दावी गरे । सरकारले यस्ता गतिविधि तत्काल बन्द गर्नु पर्ने पनि ठाकुरले माग गरे ।

राजपाका अन्य मागहरु तराई आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार, जेलमा भएकाहरुलाई तत्काल रिहा गर्नुपर्ने तर्फ सरकारले ध्यान नदिएको उनको आरोप छ ।

कमेन्ट गर्नुहोस्