विवेकशील र साझा पार्टीबीच एकता

काठमाडौं, साउन १० । साझा पार्टी नेपाल र विवेकशील नेपाली पार्टीबीच बुधबार एकताको घोषणा हुने भएको छ ।

उच्चस्रोतले दिएको जानकारी अनुसार अहिले दुवै पार्टीका शीर्षनेताहरु पार्टी एकताको अन्तिम गृहकार्य व्यस्त छन ।

दुई पार्टीको एकतापछि एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी अथवा ‘साझा विवेकशील पार्टी रहने प्रस्ताव गरिएको तर अन्तिम टुङ्गो लाग्न वाँकी रहेको एक नेताले बताए ।

एकीकृत पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय हुने छ । जसमा अहिले दुवै पार्टीबाट १७/१७ जना रहने र १७ जना पछि मनोनित गरिने छ ।
एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व रहने बताइएको छ । उनीहरुको अधिकार र बरियता समान रहने स्रोतले बतायो ।

कमेन्ट गर्नुहोस्