माओवादीका ‘बेरोजगार’ नेताहरुलाई जिम्मेवारी दिने तयारी

काठमाडौं, साउन ११ । माओवादी केन्द्रले लामो समय जिम्मेवारीविहीन आफ्ना नेतालाई विभिन्न जिम्मेवारी सुम्पने तयारी गरेको छ । कार्यालय बैठकले ‘बेरोजगार’ नेताहरुलाई जिम्मेवारी दिने तयारी गरेको हो । माओवादी केन्द्रका केन्द्रीय कार्यालयकै दर्जन नेता जिम्मेवारी विहीन भएका थिए ।

केन्द्रीय कार्यालयका सदस्य अमिक शेरचन, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, अग्नि सापकोटा, दीनानाथ शर्मा, लोकेन्द्र विष्ट, नारायण शर्मा, लीलामणि पोखरेललगायत नेतासँग यसअघि पार्टीका कुनै जिम्मेवारी थिएन ।

‘केन्द्रीय कार्यालयकै शीर्ष नेताहरुसँग समेत पार्टी कामको जिम्मेवारी थिएन,’ केन्द्रीय कार्यालय सदस्य चक्रपाणि खनालले भने, ‘जिम्मेवारीविहीन नेताहरुलाई ठोस जिम्मेवारी बाँडफाँट गर्न लागिएको छ ।’ पार्टीका स्थापित र क्षमतावान नेताहरु नै कामविहीन भएपछि माओवादी केन्द्रको पार्टी संगठन र विभाग नै निष्प्रभावी बन्दै आएको थियो ।

नेतृत्वले पार्टी कार्यालय सदस्यलाई नै काम नदिएपछि अन्य तहका नेतासमेत जिम्मेवारीविहीन भएका थिए,अन्नपूर्ण पोस्टमा खबर छ ।

माओवादी केन्द्रले पोखरेललाई सरकार, संसद्मा रहेका केही नेतालाई संसदीय दलको प्रमुख सचेतक, रायमाझीलाई निर्वाचन तयराीका लागि गठन गरिने प्राविधिक तयारी समिति, हितराज पाण्डेलाई प्रदेश र संसदीय क्षेत्र निर्धारण समिति गठन गरी जिम्मेवारी दिने तयारी गरेको छ ।

 

कमेन्ट गर्नुहोस्