अायल निगमका खड्काबाट थप २० करोड घोटाला

काठमाडौं ,साउन ११ ।  करिब ६७ करोड रुपैयाँको जग्गा खरिद प्रकरणमा जोडिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का थप २० करोड रुपैयाँ बरारबरको अनियमिततामा समेत मुछिएका छन् ।

खड्काको अनियमितता पेट्रोल-डिजेल ट्यांकर र ग्यास बुलेट खरिद, कर्मचारी नियुक्ति, ग्यास उद्योग सञ्चालन अनुमति लगायत निर्णयमा खुलेको हो ।

पेट्रलियम पदार्थ भण्डारणस्थल बनाउन भैरहवा, चितवन, झापा र सर्लाहीमा जग्गा खरिदमा एजेन्टसँगको मिलेमतोमा करिब ६७ करोडा घोटालाको नेतृत्व गरेका खड्काले विभिन्न समयमा कर्मचारी नियुक्ति, ट्यांकर, बुलेट, ग्यास उद्योग, पेट्रोल पम्प सञ्चालन अनुमतिमा २० करोड रुपैयाँभन्दा बढी घोटाला गरेको तथ्य निगम स्रोत र व्यवसायीबाट बाहिर आएको छ ।

खड्काले शक्ति केन्द्रको आडमा एकपछि अर्को अनियमितता गर्दै जाने तर सरकारी निकाय मौन बसेर कारबाहीको दायरामा नल्याउँदा निगम भ्रष्टाचारको अखडा बनेको हो,नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्