मिस एयर होस्टेस २०१७ चौथो सस्ंकरणका लागि आवेदन खुल्ला

काठमाडौं । सिजन मिडियाद्धारा विगत ७ वर्ष देखि आयोजना गर्दै आएको मिस एयर होस्टेस २०१७ चौथो सस्ंकरणका लागि आवेदन फारम खुल्ला गरिएको छ ।

विविध कारण वस केहि वर्ष स्थगित हुन गएको मिस एयर होस्टेस प्रतियोगीता फेरी पनि सिजन मिडियाले गर्न लागेको हो । मिस एयस होस्टेसका लागि एयर होस्टेस सम्वन्धी काठमाडौं लगायत विभिनन सहरहरुमा एयर होस्टेसको तालिम लिइ वसेका वा तालिम लिदै गरेका कक्षा १२ वा सोसरह अध्ययनरत ५ फिट २ इन्च उचाई भएका युवतीहरुल यस प्रतियोगीताको लागि आवेदन फारम भर्न सक्नेछन् ।

कार्यक्रमवाट प्रतियोगीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि लगायत नेतृत्वदायी क्षमताको विकास लागि सहयोग पुर्याउने हेतुले यो कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो । कार्यक्रमको आवेदन फारम सिजन मिडिया कमलादीमा सम्पर्क गरी भर्न सकिन्छ ।

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई भदौ पहिलो सातावाट कमलादि स्थित सिडव्लु पाटी प्यालेसमा प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण ,हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइनेछ । भाद्र अन्तिम साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा हुनेछ ।

प्रतियोगिताका विजेताले “मिस एयरहोस्टेस २०१७”े को ताज उपाधि सहित रु २५ हजार नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्रदान गरिने छ । र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ,साथै अन्य गिफ्टहयाम्पर पाउने छन भने फस्ट रनर अप र सेकेण्ड रनरले क्रमस रु १५ हजार र १० हजार नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्रदान गरिने छ साथै उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ,साथै अन्य गिफ्टहयाम्पर पाउने छन ।

 

कमेन्ट गर्नुहोस्