काठमाडौं, साउन ११ । गत जेठ २०७४ मा परीक्षा दिइएको आठौं कोरियन भाषा (EPS-TOPIk) को परिक्षाफल सार्वजनिक भएको छ । जेष्ठ २७ र २८ गते २६ वटा परीक्षा केन्द्रबाट र छुटेका परीक्षार्थीहरुले आषाढ २१ गते देखि २९ गतेसम्म परीक्षा दिएका थिए ।
७५ हजारभन्दा बढीले भाषा परीक्षा दिन फाराम भरेको भए पनि ६८ हजारभन्दा बढी परीक्षामा सहभागी भएका थिए । इपिएस कोरिया शाखाका अनुसार १२ हजार १ सय ८ जना उत्तीर्ण भएका छन् ।
भाषा परीक्षा उत्तीर्ण भएका ब्यक्तिहरुको स्वास्थ्य परीक्षण, रोजगार आवेदन फाराम लगायतका कार्यहरुको बिस्तृत विवरण यस कार्यालयको वेवसाइटमा छिटै प्रकाशित गरिने छ ।
भाषा परीक्षा उत्तिर्ण ब्यक्तिहरुले रोजगार आवेदन फाराम (Job Application Form) भर्नका लागि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल हुनु पर्नेछ ।
साथै कुनै “क” बर्गको बैंकमा आफ्नै नाममा खाता खोलेको प्रमाण (चेकको प्रतिलिपी) एवं सम्बन्धित ब्यक्तिको ब्यक्तिगत ईमेल ठेगाना अनिवार्य रुपमा पेश गर्नु पर्ने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरीएकोछ ।