अलैचीको विरुवा बेची दुई करोड आम्दानी

लमजुङ, साउन ११ । लमजुङमा २५ लाखवटा भन्दा बढी अलैँचीको बिरुवा बिक्री भएको छ । जिल्लाभित्र र बाहिर गरी २५ लाख भन्दा बढी अलैँचीका बिरुवा बिक्री भइसकेको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाले जनाएको छ ।

जिल्लाका विभिन्न ठाउँमा भएका नर्सरीबाट अलैँचीको बिरुवा बिक्री भएको अलैँची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष अजय तामाङले जानकारी दिए । उनका अनुसार अलैँचीको एउटा बिरुवा ९ रुपैयाँका दरले बिक्री गरिएको छ ।

२५ लाख अलैँचीको बिरुवाको बिक्रीबाट दुई करोड रुपैयाँ भन्दा बढी आम्दानी भएको पनि उनले बताए । अलैँची रोप्न साउन महिना उपयुक्त भएकोले अझै पनि विरुवा बिक्रीको क्रममा रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्