कुलमान घिसिङ भन्छन्, ‘नेपालमा अब लोडसेडिङ हुँदैन’

काठमाडौं, साउन ११ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङको अन्त्य भएको भन्दै अबदेखि लोडसेडिङ नहुने बताएका छन् ।

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रमममा बोल्दै कार्यकारी निर्देशक घिसिङले भने, ‘अब नेपालमा लोडसेडिङ हुँदैछ भन्ने हल्ला निराधार हो । तत्काल लोडसेडिङको हुने कुनै
पनि हालतमा सम्भावना नै छैन ।’

गत बर्षभन्दा यस बर्ष २ सय मेघावाट बिजुलीको माग बढेको भन्दै उनले त्यसका लागि विद्युत चुहावट नियन्त्रणा गरे पुग्ने बताए । ढल्केवर सवस्टेशन सम्पन्न भएपछि १ सय मेघावाट विद्युत थप हुने भन्दै घिसिङले यस बर्ष लोडसेडिङ नहुने र हल्लाको पछि नलाग्न आग्रह गरे ।

उनले दिगो र गुणस्तरीय विद्युतको पहुँच समुदायको अधिकार भएकाले ग्रामीण तहसम्म चेतना विस्तार गर्नु पर्नेमा जोड दिए ।

उmर्जाविद दिपक ज्ञवाली र राष्ट्रिय योजना आयोगका सदस्य अरविन्द्रकुमार मिश्रले सामुदायिक विद्युतीकरण सफल पार्न छुट्टै ऐनको आवश्यकता औंल्याए । अहिले भएको २४ प्रतिशत विद्युत चोरी नियन्त्रण गर्नुपर्ने भन्दै उनीहरुले उचित विद्युत महशुल निर्धारण गर्न सुझाव दिए ।

कमेन्ट गर्नुहोस्