विकेकशील र साझा एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहने

काठमाडौं, साउन ११ । विवेकशील नेपाली दल र साझा पार्टीबिच एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहने भएको छ ।

एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व हुनेछ । दुवैलाई सहसंयोजक पद दिइएको छ । ८ जनाको संयोजन समिति पनि बन्नेछ । पार्टीको केन्द्रीय समिति ५१ सदस्यीयसम्मको हुनेछ । अहिले दुवै पार्टीबाट १७ र १७ जना रहनेछन् १७ जनालाई केन्द्रीय सदस्य मनोनित गर्ने सहमति भएको छ । त्यस्तै विवेकशील साझा पार्टीको चुनाव चिन्ह तराजु रहने सहमति भएको छ ।

आगामी एक वर्षभित्र महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने समझदारी भएको नेताहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्