पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलाइयाे

रत्न कार्की

कालिकोट, साउन ११ । पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग चार दिन पछि खुलेको छ । गत आइतबार साँझ गएको उक्त पहिरोका कारण राजमार्ग अवरुद्ध बनेको थियो । अविरल वर्षाका कारण कर्णाली राजमार्गमा पर्ने कालिकोट, दैलेख सिमा क्षेत्र दैखोलादेखि घट्टे खोलासम्मको सडक क्षेत्रमा ठाउँ ठाउँमा पहिरो गएपछि उक्त राजमार्ग अवरुद्ध बनेको थियो ।

करिब १ सय २० मिटर सडक खण्डमा पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध बनेपछि रोकिएका यातायात र यात्रुहरु गन्तब्यतिर लागेका छन । सडक डिभिजन कार्यालय जुम्लाद्धारा जे.सि.बी मेसिन र एक्साभेटर लगाएर पहिरो हटाइ यातायात संचालनमा ल्याइएको हो ।

कमेन्ट गर्नुहोस्