माओवादी फुट र यसको भबिस्य !

शक्ति यस्तो क्षमता हो जसले निर्णय निर्माणको प्रक्रियामा सहभागिता जनाउँछ वा कुनै पनि बस्तुलार्इ प्राप्त गर्न सक्नुनै शक्ति हो । शक्ति समय र परिस्थितिबाट प्राप्त अधिकार हो जसले समाज, राष्ट्र र समूहलाई नियन्त्रण गरी आफ्नो प्रभाव बिस्तार गर्न सक्छ । जब शक्ति बैधानिक हुन्छ तब त्यसलाई सत्ता भनिन्छ वा भनौ सत्ता कानुनतः बैधानिक सक्ति हो ।

गोकुल नेपाल

कुनै पनि राजनीतिक दल आफू शक्तिसाली बन्नमा दौडधुप गरिरहेका हुन्छन् । उनीहरु राजनैतिक शक्ति निर्माणका लागि विभिन्न उपायहरु अपनाइरहेका हुन्छन् । आफ्नो प्रभाव आमजनतामा पुर्याउन चुस्त संगठन आवश्यक पर्दछ । जसको अफ्नो चुस्त संगठन हुन्छ त्यस्ले आफ्नो प्रभाव आमजनतामा पुर्याउन सहयोग गर्दछ त्यो एक सशक्त संगठन हुनसक्छ ।

शक्ती धेरै किसिमबाट प्राप्त गर्न सकिन्छ । मैले भन्न खोजेको शक्ति फेरिपनि माओवादी शक्ति देशको ठूलो शक्तिका रूपमा बन्नसक्नेछ । यदि केहि कुराहरुमा ध्यानकेन्द्रित गरेमा ।

१. शक्ति धम्कीबाट पनि प्राप्त गर्न सकिन्छ । समाजमा अन्यायमा परेका जनताको लागि आवाज उठाउँदै शोसक सामन्ती बर्गलाई धम्की दिएर वा कारबाही गरेर पनि शक्ति प्राप्त गर्न सकिन्छ जुन बिप्लपले गर्दै आएका छन् । उनको यो अभियानलाई थप सशक्त बनाउनेतर्फ ध्यन दिन जरुरी हुन्छ ।

२. विभिन्न साना वा क्षेत्रीय संगठनहरु अनि केहि बुद्धिजीवीलाई हातमा लिइ संगठनलाई चुस्त बनाउनेतर्फ ध्यान दिँदै आफूलार्इ क्रियासिल बनाउने जुन बबुरामले गर्न खोजीरहेका छन् ।
३. आफ्ना एजेन्डाहरु जनतामा पुर्यार्इ जनताको मन जितेर प्राप्त गर्नसकिने राजनैतिक शक्ति जुन प्रचण्ड नेतृत्वले गर्न खोजिरहेका छन् ।

माओवादीहरु आफू फुटेको फाइदा अब आफैंलाई हुने देखिन्छ यदि ऊनीहरु बीचमा समोन्नय भएमा ।

यिनै शक्ति प्राप्त गर्ने होडमा माओवादीहरु लागेका छन कि भन्ने बिश्लेषण पनि यदाकदा हुनलागेको पाइन्छ । यदि यही नीति अनुसार बिप्लप, बाबुराम र प्रचण्डहरु पार्टी निर्माणमा जुटेका हुन् भने पक्कै पनि माओवादी समर्थित जनतामा खुशी छाउला । साच्चै एक शक्ति सम्पन्न माओवादी बनाउने हो भने चुनाव चिन्न फेर्नतिर लगाउने ध्यानलाई विभिन्न तरिकाले आफ्नो शक्ति प्रभावमा पारी त्यो शक्तिलार्इ बैधानिक शक्ति निर्माण प्रक्रियामा सामेल गराउनु अती आवश्यक छ ।

साच्चै एक शक्ति सम्पन्न माओवादी बनाउने हो भने चुनाव चिन्न फेर्नतिर लगाउने ध्यानलाई विभिन्न तरिकाले आफ्नो शक्ति प्रभावमा पारी त्यो शक्तिलार्इ बैधानिक शक्ति निर्माण प्रक्रियामा सामेल गराउनु अती आवश्यक छ ।

समाजमा अन्यायमा परेका जनताको लागि आवाज उठाउँदै शोसक सामन्ती बर्गलाई धम्की दिएर वा कारबाही गरेर पनि शक्ति प्राप्त गर्न सकिन्छ जुन बिप्लपले गर्दै आएको देखिन्छ । यो अभियानलाई थप सशक्त बनाउनेतर्फ ध्यान दिँदै, उता अझै विभिन्न साना वा क्षेत्रीय संगठनहरु अनि बुद्धिजीवीलाई हातमा लिइ संगठनलाई चुस्त बनाउनेतर्फ ध्यान दिदै आफूलार्इ क्रियासिल बनाउने जुन बबुरामले गर्न खोजीरहेका छन् अर्कोतर्फ प्रचण्ड र बैधबीच तत्काल एकीकरण गरी आफ्ना एजेन्डाहरु जनतामा पुर्यार्इ जनताको मनजिती आफूलार्इ स्थापित गर्नु पनि आजको आवश्यकता देखिन्छ ।

यिनै शक्तिहरु बीचको साङ्गठानिक सुदृढीकरणपछिको एकीकरणले मात्र माओवादी त्यो शक्ति बन्न पुग्छ जुन शक्ति पहिलो संविधान सभामा थियो ।
वाइसीएल बिउँताउने निर्णय जुन भर्खरै भएको छ त्यसले संगठनलाई युवामुखी बनाउन थप मद्धत पक्कै गर्दछ । यस्तै जनबर्गीय र बिभिन्न संगठनलाई सक्रिय बनाउँदै पार्टी पंक्ति अगाडि जाने हो भने, नेतृत्व गुटबाट होईन प्रतिस्पर्धाबाट निर्मित हुनेहो भने पक्कै पनि केहि बिग्रेको छैन पार्टी मजबुत पक्कै हुनेछ ।

माओवादी नेताहरूले एउटा ठूलो कुरा के भुल्नु हुँदैन भने संगठन पार्टी निर्माणको ठूलो आधार हो त्यसैले संगठनमा क्रियाशिल सदस्यमा तार्किक कुरा गर्नसक्ने र समाजलाई प्रभाव पर्न सक्ने क्षमता हुनुपर्दछ।

जनयुद्धका योद्धाको उचित मुल्यांकन हुनुपर्दछ, त्यो भन्दैमा क्षमतावान वा भनौ सहि व्यक्ति सहि ठाउँमा हुन नसकेमा ठूलो घाटा संगठनलाई हुनेछ । त्यसैले जनयुद्धको योगदानलाई बेग्लै सम्मान गरौं, तर संगठनमा क्षमतावान सक्रिय रूपमा सङठनप्रती बफादार ब्याक्ती पहिचान गर्न जरुरी छ । त्यसले मात्र माओवादी शक्तिलाई ठूलो शक्तिको रूपमा फेरि उदाउँनको लागि मद्दत पुग्दछ र सम्भव छ ।

कमेन्ट गर्नुहोस्