मुम्बइमा पाँचतले भवन भत्कँदा १७ को मृत्यु

साउन ११ । भारतको मुम्बईस्थित उत्तरतर्फको एक एक पाँचतले भवन भत्किँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

हिजो साँझदेखि भत्किन सुरु गरेको उक्त भवन आज विहानसम्म पनि भत्किने क्रम जारी थियो । उद्वारकर्मीहरुले उद्वारको कार्य जारी राखेका छन् भने हालसम्म भत्किएको भवनको भग्नावशेषबाट १७ व्यक्तिको शव निकालेको बताएका छन् ।

मुम्बईको विपद् व्यवस्थापनसम्बन्धी कार्यालयका प्रवक्ता तनाजी काम्बलेले भने–‘१७ जनाको शव निकालिएको छ र अरु २८ जनालाई जीवितै उद्वार गरी निकालिएको छ ।’

भत्किएको घरको भग्नावशेषबाट निकालिएका २८ जनामध्ये अधिकांशको अवस्था गम्भीर छ । गम्भीर घाइते र अचेत अवस्थामा रहेका उनीहरुलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ ।

कमेन्ट गर्नुहोस्