आन्दोलित थ्रि स्टार क्लवलाई दिने क्षतिपूर्तिबारे एन्फाको वैठक बस्दै

साउन ११ । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति वैठक आज बस्दैछ ।

ललितपुरको थ्रि स्टार क्लवलाई दिने क्षतीपुर्तीबारे बढीे केन्द्रित भई आजको वैठक संचालन हुँदैछ । त्यसतै वैठकले तीन महिनापछि हुने एन्फाको निर्वाचन, ए डिभिजन लिग संचालन लगायतका विषयमा छलफल गर्ने भएको छ ।

एन्फाको गल्तीको कारण एसिया कप फुटबलको दोस्रो चरण खेल्न नपाएपछि थ्रि स्टार क्लव आन्दोलित छ ।

उसलाई डेढ करोड क्षतिपूर्ति दिएर फुटबलमा फर्काउने प्रयास एन्फाभित्र भएपनि आसन्न साधारणसभामा यो विषय उठ्न सक्ने भएकोले सहज निर्णय गर्न भने एन्फा नेतृत्व तयार भएको छैन ।

उता थ्रि स्टार क्लव भने आफुलाई क्षत्ीपुर्ती नदिएसम्म कुनैपनि प्रतियोगिता नखेल्ने र आवश्यक परे कानुनी ढोकासमेत ढक्ढक्याउने चेतावनी दिईरहेको छ ।

कमेन्ट गर्नुहोस्