५० दिनपछि बिस्तार भयो देउबा सरकार (नामावलीसहित)

काठमाडौं, साउन ११ । निर्वाचित भएको पचासदिनपछि प्रधानमन्त्री शेर बहादुर देउबाले पहिलोपटक सरकार बिस्तार गरेका छन् ।

सत्ता साझेदार माओवादी केन्द्रका ६ र नेपाली कांग्रेसका १० र फोरम लोकतान्त्रिकबाट २ जना र नेकपा संयुक्तबाट १ गरि १९ जना नयाँ मन्त्रीसहित देउबाले सरकार बिस्तार गरेका हुन ।

यसअघि गत जेठ २३ गते नेपाली कांग्रेसबाट तीन जना र माओवादीबाट तीनजना र फोरम लोकतान्त्रिकबाट एकजना गरी ८ सदस्यीय मन्त्रीमण्डलको गठन गरेका थिए ।

आज बिस्तार भएको मन्त्रीमण्डलमा नियुक्त भएका मन्त्रीहरुले राष्ट्रपति समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम अहिले ४ बजे रहेको छ ।

देउबा मन्त्रीमण्डल

प्रधानमन्त्रीः शेर बहादुर देउबा

मन्त्रीहरु

  1. विजयकुमार गच्छदार (फोरम लोकतान्त्रिक) उपप्रधान, सङ्घीय मामिला तथा स्थानीय विकास
  2. कृष्णबहादुर महरा (माओवादी केन्द्र), उपप्रधान, परराष्ट्र
  3. गोपालमान श्रेष्ठ (नेपाली कांग्रेस), उपप्रधान, शिक्षा मन्त्रालय
  4. ज्ञानेन्द्रबहादुर कार्की, (नेपाली कांग्रेस) अर्थ मन्त्रालय
  5. फरमुल्हा मन्सुर, (नेपाली कांग्रेस), श्रम तथा रोजगार
  6. मोहन बस्नेत, (नेपाली कांग्रेस)सूचना तथा सञ्चार
  7. महेन्द्र यादव (नेपाली कांग्रेस) खानेपानी तथा सरसफाई
  8. बीर बहादुर बलायर (नेपाली कांग्रेस) भौतिक निर्माण तथा यातायात
  9. अम्बिका बस्नेत, (नेपाली कांग्रेस) सहकारी तथा गरिबी निवारण
  10. मीन विश्वकर्मा, (नेपाली कांग्रेस), वाणिज्य मन्त्रालय
  11. सञ्जय गौतम, (नेपाली कांग्रेस) सिंचाई मन्त्रालय
  12. राजन केसी, (नेपाली कांग्रेस)युवा तथा खेलकुद मन्त्रालय
  13. भीमसेन दास प्रधान (नेपाली कांग्रेस) रक्षा मन्त्रालय
  14. रामकृष्ण यादव, (नेपाली कांग्रेस), कृषि विकास मन्त्रालय
  15. यज्ञबहादर थापा (नेपाली कांग्रेस) कानुन मन्त्रालय
  16. जनार्दन शर्मा, (माओवादी केन्द्र),गृह मन्त्रालय,
  17. प्रभु साह, (माओवादी केन्द्र), शहरी विकास मन्त्रालय
  18. गिरिराजमणी पोखरेल, (माओवादी केन्द्र), स्वास्थ्य मन्त्रालय
  19. महेन्द्र ब. शाही, (माओवादी केन्द्र), उर्जा मन्त्रालय
  20. टेक बहादुर बस्नेत, (माओवादी केन्द्र) सामान्य प्रशासन मन्त्रालय
  21. आशा कोइराला, (माओवादी केन्द्र) महिला बालबालिका तथा समाजकल्याण
  22. शिवकुमार मण्डल, (माओवादी केन्द्र)आपूर्ति मन्त्रालय
  23. सन्तकुमार थारू, (माओवादी केन्द्र), पशुपंक्षी मन्त्रालय
  24. जितेन्द्र देव (फोरम लोकतान्त्रिक) पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  25. गोपाल दलित, (फोरम लोकतान्त्रिक) भूमिसुधार मन्त्रालय
  26. मिथिला चौधरी,  (नेकपा संयुक्त) वातावरण मन्त्रालय

 राज्य मन्त्रीहरु

कमेन्ट गर्नुहोस्