नवनियुक्त मन्त्रीहरुद्वारा सपथ ग्रहण

प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा मन्त्रिपरिषद विस्तार भएको छ । प्रधानमन्त्रीसहित २६ मन्त्रीहरुको मन्त्रिपरिषद आजबाट बिस्तार भएको हो ।

आज अपरान्ह नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ ग्रहण गराइँदैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदैछिन् ।

कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त लगायत दललाई समेटेर मन्त्रिमण्डल बिस्तार गरिएको हो ।

कमेन्ट गर्नुहोस्