मुमाराम खनाल विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य

काठमाडौं, साउन ११ । मुमाराम खनाल नवगठित नयाँ पार्टी ‘विवेकशील साझा पार्टी’को केन्द्रीय सदस्य भएका छन् ।

खनाल केही समयअघि मात्रै डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबाट अलग भएका थिए। खनाल माओवादी जनयुद्वमा समेत सहभागी थिए तर बीचमै पार्टी छोडेका थिए ।

रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी नेपाल र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपालीबीच एकीकरण भएर ‘विवकेशील साझा पार्टी’गठन भएको छ।

विवेकशील साझा पार्टीमा ३४ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ। केन्द्रीय समितिमा एकताअघिका दुवै पार्टीका १७/१७ जना समेटिएका छन्।

केन्द्रीय समितिलाई विस्तार गरेर महाधिवेशन अघि ५१ सदस्य पुर्‍याउन घोषणा कार्यक्रममा बताइएको छ ।

पार्टी सञ्चालनका लागि ८ सदस्यीय संयोजन समिति गठन गरिएको छ। सामूहिक नेतृत्व प्रणालीलाई अंगिकार गरेर गठित संयोजन समितिमा मिश्र र थापा सह-संयोजक छन्। बैठकहरुको अध्यक्षता मिश्रले गर्नेछन्।

संयोजन समितिमा अनुसा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल, सुरज आचार्य सदस्य छन्।

कमेन्ट गर्नुहोस्