उपेक्षित ७ नं. प्रदेश, माओवादीबाट शून्य, कांग्रेसबाट १ जना मन्त्री

काठमाडौं, साउन ११ । प्रदेश नं. ७ को डडेल्धुरा जिल्लाबाट निर्वाचित भएका प्रधानमन्त्री शेर बहादुर देउबाले बिस्तार गरेको मन्त्रीमण्डलमा सुदूरपश्चिमबाट एक जना मात्रै मन्त्री नियुक्त भएका छन् ।

आज थपिएका १९ जना मन्त्रीहरुमा नेपाली कांग्रेसका तर्फबाट डोटीबाट निर्वाचित बीर बहादुर बलायर भौतिक निर्माण तथा यातायात मन्त्रीमा नियुक्त भएका छन् । उक्त मन्त्रालय यसअघि समेत नेपाली कांग्रेसले नै लिएको थियो । कांग्रेसबाट ७ नं. प्रदेशका कञ्चनपुरबाट निर्वाचित रमेश लेखक प्रचण्ड सरकारमा मन्त्री थिए ।

नेकपा माओवादीले भने ७ नंं र ३ नं. प्रदेशबाट एकजना मन्त्री समेत नियुक्त गर्न सकेन । माओवादीबाट नियुक्त भएका ६ जना मन्त्रीहरुमध्ये प्रदेश नं. ६ बाट महेन्द्र बहादुर शाही र टेकबहादुर बस्नेत गरी २ जना, प्रदेश नं. ५ बाट सन्तकुमार थारु, प्रदेश नं. ४ बाट आशा कोइराला, प्रदेश नं. २ बाट गिरिराजमणी पोखरेल, प्रदेश नं. १ बाट शिवकुमार मण्डल नियुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्