श्रीमानद्वारा श्रीमतीको हत्या

इनरुवा, असार ११। सुनसरी जिल्लाको कोशी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेको छ ।

३० वर्षीय रामकुमार यादवले २७ वर्षीया श्रीमती संगीता यादवको हत्या गरेपछि भाण्टाबारी प्रहरी चौकीमा आत्मसमर्पण गरेका छन् ।

घटनास्थलमा पुगेका प्रहरी टोलीले कोशी गाउँपालिका–१ राजापोखरीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

यादवले ससुराली पक्षको तनावका कारण श्रीमतीको हत्या गरेको बयान प्रहरी समक्ष दिएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्