छायाँ सरकार गठन गर्ने भट्टराईको प्रस्ताव

काठमाडौं, साउन ११ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले हरेक स्थानीय तहमा छायाँ सरकार गठनको प्रस्ताव पार्टीको जारी  बैठकमा  गरेका छन  ।

राजधानीमा बुधबारदेखि सुरु भएको नयाँ शक्ति पार्टीको संघीय परिषद् बैठकमा ‘पार्टी स्थापनाको एक वर्षः समीक्षा र आगामी कार्ययोजना’ पेश गर्दै संयोजक भट्टराईले छायाँ सरकार गठनको प्रस्ताव गरेको एक नेताले बताए ।

पार्टीबाट स्थानीय तहमा निर्वाचित उम्मेदवारले प्रभावकारी काम गर्ने र प्रमुख उपप्रमुख लगायतका पदमा उम्मेदवार भएर पराजितकाहरुलाई समेटेर स्थानीय छाया सरकार गर्नुपर्नेमा भट्टराईको जोड छ ।

संयोजक भट्टराईले भने, ‘ पार्टीले जितेका स्थानीय तहमा हामीले सुशासन कायम गर्न विशेष जोड दिनुपर्दछ । पार्टीले नजितेका स्थानीय तहमा त्यसको निगरानी गर्न प्रत्येक गाउँपालिका, नगरपालिका र वडामा हामीले छायाँ सरकार गठन गर्नुपर्छ ।’

कमेन्ट गर्नुहोस्