सरकारमा सामेल नगरेपछि राप्रपा रिसायो, संशोधनमा नसघाउने चेतावनी

काठमाडौं, साउन ११ । बुधबार भएको दोस्रो चरणको मन्त्रिमण्डल विस्तारमा सहभागि नगराइएपछि राप्रपा रुष्ट भएको छ । असार २३ मा भएको प्रधानमन्त्रीको निर्वाचनमा राप्रपाले शेरबहादुर देउवाको पक्षमा भोट हालेको थियो ।

सरकारसँग रुष्ट भएपछि राप्रपाले सरकार गठनलगायतका विषयमा वार्ता गर्न महामन्त्री जयन्त चन्द नेतृत्वमा कुन्ती शाही र दिलनाथ गिरी सदस्य रहेको वार्ता समिति भंग गरेको जनाएको छ ।

राप्रपाले विभिन्न मुद्दाहरुमा सहकार्य गरेर अघि बढ्ने उद्देश्यका साथ पार्टी सरकारमा जान चाहेको भएपनि सत्तारुढ दलको वेवास्ताका कारण अब त्यो सम्भावना टरेको बताएको छ ।

यो सँगै राप्रपाले अबसंसदमा विधाराधीन रहेको संविधान संशोधन प्रस्तावमा पनि सरकारलाई सहयोग नगर्ने बताएको छ । यसअघि बारम्बार राप्रपाले संशोधन प्रस्तावको पक्षमा रहेको बताएदै आएको थियो ।

कमेन्ट गर्नुहोस्