हलिया पुनःस्थापनाका नाममा घुस लिने पक्राउ

बाजुरा, साउन ११ । जिल्ला मालपोत कार्यालय बाजुराका एक कर्मचारी घुस लिइरहेको समयमा पक्राउ परेका छन ।

मालपोत कार्यलय बाजुरामा करारमा कार्यरत प्राविधिक कोपिल गिरी हिमाली गाँउपालिका–६ का गोरख सार्कीसंग घुस लिइरहेका समयमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हलियाबाट उठाएको ८० हजार रकम मार्तडीमा रहेको पुजा होटलबाट घुस लिदै गर्दा दुवैलाई प्रहरी नियन्त्रणमा लिएको हो ।

४० मुक्त हलिया परिवारबाट हलिया पुनःस्थापना वापत प्रति परिवार दुई हजारका दरले ८० हजार दिदै र लिदैं गर्दा पक्राउ गरेका प्रहरीले जनाएको छ ।

पक्राउ परेका गिरी, जिल्ला मालपोत कार्यलय बाजुराका प्रमुख हिरालाल गिरीका भतिजा रहेको प्रहरीले जनाएको छ । पहिला उनले हलिया परिवारबाट ५ हजारका दरले मागेका थिए । प्रत्येक परिवार एक हजारका दरले ४० हजार पहिला नै लिइसकेको र पछि ८० हजार लिन लागेको सार्कीले बताए ।

सरकारले केही समय पहिला मात्रै घर पुनःनिर्माणका लागि प्रतिपरिवार १ लाख २५ हजारका दरले रकम दिने निणर्य गरेको थियो ।

कमेन्ट गर्नुहोस्