राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने, वार्ता समिति भंग

काठमाडौं ,साउन १२ ।  राप्रपा सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागिताका विषयमा सत्तारुढ दलहरूसँग वार्ता गर्न बनाएको वार्ता समिति पनि उसले भंग गरेको छ । राप्रपा केन्द्रीय कार्यालयका मुख्य सचिव विश्वेश्वर शर्मा सुवेदीले बुधबार जारी गरेको विज्ञप्तिमा सरकारमा जाने सम्भावना सकिएको उल्लेख छ ।

राप्रपाले महामन्त्री जयन्त चन्दको संयोजकत्वमा प्रमुख सचेतक कुन्ती शाही र नेता दिलनाथ गिरी सदस्य रहेको वार्ता समिति बनाएको थियो ।

राप्रपाका प्रवक्ता सुशील श्रेष्ठले अब सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा पार्टीभित्र छलफल हुने बताए ।

तर, पार्टी संविधान संशोधनको पक्षमा भने रहने उनले बताए । ‘संविधान संशोधनको पक्षमा रहने निर्णय पार्टी बैठकले गरिसकेको छ, यसमा हामी पछि हट्दैनौँ, तर अब सरकारमा जाने सम्भावना भने सकिएको छ,’ प्रवक्ता श्रेष्ठले भने, नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्