चीनसँगको समझदारी अध्ययन गर्न कार्यदल बनार्इने

काठमाडौं ,साउन १२ ।  उपभोक्ता हित संरक्षणसम्बन्धी एक वर्षअघि चीन र नेपालबीच सहकार्य गर्ने समझदारी भएको थियो ।

आपूर्तिमन्त्री शिवकुमार मण्डलले उक्त समझदारी कार्यान्वयन गर्न कस्ता योजना बनाउने भन्ने विषयमा अध्ययन गर्न कार्यदल बनाउने पहिलो निर्णय गरेका छन् । मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौडेलको नेतृत्वमा कार्यदल बनाइएको छ ।

मन्त्री मण्डललाई सचिव प्रेम राईले मन्त्रालयका गतिविधिका विषयमा जानकारी गराएका थिए । मन्त्री मण्डलले पारदर्शी भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । आयल निगमका प्रवक्ता सीताराम पोख्रेलका अनुसार उनले राम्रो गर्नेलाई सहयोग गर्ने र नराम्रो गर्नेलाई नछाड्ने चेतावनी पनि दिए ।

नवनियुक्त मन्त्री मण्डल पहिलो दिन करिब एक घन्टा मन्त्रालयमा बसे ।

कमेन्ट गर्नुहोस्