कोरियासँग सहयोग माग्ने फाइलमा हस्ताक्षर

काठमाडौं ,साउन १२ ।  सिँचाइमन्त्री सञ्जयकुमार गौतमले भेरी–बबई डाइभर्सन आयोजनाबाट उत्पादन गर्न लागिएको झन्डै ५० मेगावाट विद्युत्का लागि आवश्यक पावरहाउस निर्माण गर्न कोरियाली सरकारस“ग माग गर्न लागिएको सहयोग प्रस्तावसम्बन्धी फाइलमा पहिलो हस्ताक्षर गरे ।

उक्त पावरहाउस निर्माणका लागि कुल साढे ८ अर्ब आवश्यक पर्ने भए पनि कोरियाली सरकारले ८ अर्ब २० करोड न्यूनतम ब्याजमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

उक्त फाइल बिहीबार अर्थ मन्त्रालय पठाइने मन्त्रालयका कार्यबाहक सचिव सागरकुमार राईले बताए । कर्मचारीलाई सम्बोधन गर्दै मन्त्री गौतमले आफू सेवाभावले आएको र केही राम्रो काम गर्न चाहेको बताए । त्यसका लागि कर्मचारीलाई सहयोग गर्न उनले आग्रह गरे ।

कमेन्ट गर्नुहोस्