सहकारी ऐन बनाउन मस्यौदा समिति गठन

काठमाडौं ,साउन १२ ।  सहकारीमन्त्री अम्बिका बस्नेतले सहकारी ऐनको नियमावली बनाउन मन्त्रालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय मस्यौदा समिति गठन गर्ने पहिलो निर्णय गरिन् ।

त्यसलगत्तै उनले कर्मचारीलाई निर्देशन दिइन् । सहकारी क्षेत्रले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले सहकारीलाई गरिबी निवारणको आधार बनाइनुपर्ने उनले बताइन् । त्यसअघि मन्त्री बस्नेतलाई कर्मचारीले मन्त्रालयमा स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्