प्रतिरक्षा रणनीति तर्जुमासम्बन्धी कार्यदलको म्याद दुई महिना थप्ने निर्णय 

काठमाडौं ,साउन १२ । राष्ट्रपति कार्यालयमा गोपनीयताको शपथ लिएलगत्तै रक्षामन्त्री भीमसेनदास प्रधानले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरे । उनले प्रतिरक्षा रणनीति तर्जुमासम्बन्धी कार्यदलको म्याद दुई महिना थप्ने पहिलो निर्णय गरे ।

यसअघिका रक्षामन्त्री बालकृष्ण खाणले पूर्वरक्षासचिव माधव रेग्मीको संयोजकत्वमा सो कार्यदल गठन गरेका थिए । कार्यदलको म्याद सकिएको थियो । सचिव श्रीधर सापकोटाले मन्त्रालयबारे उनलाई ब्रिफिङ गरे ।

कमेन्ट गर्नुहोस्