गुल्मीका दुई सय ८८ जना उम्मेदवारको जमानत जफत

४० जनाले मात्रै बुझाए खर्च बिवरण
गुल्मी ,साउन १२ । स्थानिय तह निर्वाचनमा गुल्मीका दुई सय ८८ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कुल खसेको मतको १० प्रतिशत मत ल्याउन नसक्ने विभिन्न दलका उम्मेदवारहरुको जमानत जफत भएको छ ।

गुल्मीमा रहेका दुई नगर र १० गाउँपालिकाको लागि ४ सय ८९ जना निर्वाचित जनप्रतिनिधिको लागि एक हजार तीन सय ८६ जना उम्मेदवार बनेका थिए । उम्मेदवार बनेका मध्ये छ सय नौ जना उम्मेदवारले जमानत जोगाएको निर्वाचन कार्यालयका प्रमुख गणेश बहादुर खत्रीले बताए ।

याे पनि पढ्नुस  गुल्मीमा ३० प्रतिशत मत खस्यो, एउटा केन्द्रमा मतदान सुरु नै हुनसकेन

जमानत जफत हुनेहरुमा गाउँपालिका प्रमुखदेखि वडा अध्यक्ष, सदस्यहरु छन ।

दुई नगर मध्ये रेसुङ्गा नगरपालिकामा ४८ जना र मुसिकोट नगरपालिकामा ३६ जना उम्मेदवारको जमानत जफत भएको छ । गाउँपालिकातर्फ इस्मा गाउँपालिकामा ३३ जना, कालिगण्डकी गाउँपालिकामा नौ जना, गुल्मी दरवार गाउँपालिकामा ३४, चन्द्रकोट गाउँपालिकामा १६ जना उम्मेदवारको जमानत जफत भएको छ ।

याे पनि पढ्नुस  प्रदेश नम्बर २ र ५ को निर्वाचन सर्ने संकेत

त्यस्तै छत्रकोट गाउँपालिकामा १० जना, धुर्कोट गाउँपालिकामा २८ जना, मदाने गाउँपालिकामा ४० जना उम्मेदवारको जमानत जफत भएको कार्यालयले जनाएको छ । मालिका गाउँपालिकामा १४ जना, रुरु गाउँपालिकामा छ जना र सत्यवती गाउँपालिकामा १४ जना उम्मेदवारको जमानत जपफत भएको हो । जमानत जफत हुनेहरुमा गाउँपालिका प्रमुखदेखि वडा अध्यक्ष, सदस्यहरु रहेका छन ।

याे पनि पढ्नुस  ७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी

४० जनाले मात्रै बुझाए खर्च बिवरण 

गुल्मीमा निर्वाचित चार सय ८९ जना मध्ये अहिलेसम्म जम्मा ४० जना जनप्रतिनिधिले खर्च विवरण बुझाएका छन् । भने अझै चार सय ४९ जनाको खर्च विवरण आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । उम्मेदवारहरुले खर्च गरेको विवरण निर्वाचित भएको ३० दिन भित्र बुझाउनुपर्ने कानुनी व्यावस्था रहेको छ ।

कमेन्ट गर्नुहोस्