तेश्रो लिङ्गीलाई अमेरिकी सेनामा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वाशिङ्गटन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समलिङ्गी व्यक्तिहरुलाई अमेरिकी सेनामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

राष्ट्रपतिको यो घोषणामाथि विश्वव्यापी प्रतिक्रिया देखा परेको छ ।

राष्ट्रपतिको यो घोषणाले निवर्तमान राष्ट्रपति बाराक ओबामाको पालामा रक्षा विभागले स्वीकृत गरेको नीतिलाई खारेज गर्ने छ । अहिले पनि पारित हुने प्रक्रियामैं रहेको उक्त नीतिलेसमलिंगी व्यक्तिलाई खुलारुपमा अमेरिकी सेनामा सहभागी हुन अनुमति दिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको बेला समेत समलिंगी अधिकारको बिरोध गर्दै आएका थिए ।

ट्रम्पले बुधबार एक ट्विट गर्दै अमेरिकी सेनामा समलिंगीहरुको प्रवेशले अनावश्यक स्वास्थ्य भार थपिएको टिप्पणी गर्दै यसलाई बन्द गर्न निर्देशन दिएका हुन ।

ट्रम्पले ट्विटमा लेखेका छन्– मेरा सैनिक जनरल र सैन्य विशेषज्ञसँग छलफल गरेपछि म अमेरिकी सेनाको कुनै पनि पदमा समलिंगी व्यक्तिहरुलाई कामका लागि अनुमति नदिन सल्लाह दिन्छु ।

“After consultation with my Generals and military experts, please be advised that the United States Government will not accept or allow Transgender individuals to serve in any capacity in the U.S. Military,Our military must be focused on decisive and overwhelming victory and cannot be burdened with the tremendous medical costs and disruption that transgender in the military would entail.”

व्हाइट हाउसका प्रवक्ता सराह स्यान्डरले यसबारेमा संक्षिप्त प्रतिक्रिया दिँदै ‘यो वा त्यो बहसमा पर्नु भन्दा पनि अमेरिकी सेनाका लागि के गर्दा ठीक हुन्छ भन्ने सोचेर यो निर्णय गरिएको बताए ।’

सन् २०१६ मा ओबामा सरकारको बेला रक्षा सचिव रहेका आश कार्टरले समलिंगी व्यक्तिहरुलाई सेनामा प्रवेश गर्न नदिने नीतिका अन्त्य गरेका थिए । तर उनले यसका लागि रक्षा मन्त्रालयले नीति पारित गर्नुपर्ने बताएका थिए । यो नीति कार्यान्वयन भने हुन सकेको थिएन । उक्त नीति पारित हुने कुरामा नियोजित तरिकाले ढिलाई गरिँदै आइएको थियो । सन् २०१६ मा रक्षा विभागले गरेको एउटा अध्ययनले सेनामा समलिंगी भर्ना भएमा त्यसले स्वास्थ्य खर्चमा भने निकै कम असर पर्ने उल्लेख गरेको थियो । उक्त अध्ययनले अमेरिकी सेनामा १ हजार ३ सय २० देखि ६ हजार ६ सय ३० जना समलिंगी हुन सक्ने बताएको थियो ।
उक्त अध्ययनले वर्षमा बढीमा १४० वटा समलिंगीहरुको हर्मोन उपचार र १३० जनाको लिंग परिवर्तनको खर्च हुनसक्ने अनुमान अघि सारेको थियो । यो सबै गर्दा २४ लाखदेखि ८४ लाख डलर मात्रै खर्च हुने अध्ययनले देखाएको थियो ।

पछिल्लो घटनाक्रमले भने समलिंगी अधिकारका लागि लडिरहेका हजारौं अमेरिकीहरुलाई प्रभाव पर्ने देखिन्छ । संसारभरिका यौनिक अल्पसंख्यकहरुले उक्त निर्णयको घोर बिरोध समेत गरका छन् । अमेरिकी सिभिल लिबर्टी यूनियनले या निर्णयलाई अपमानपूर्ण र निराशाजनक भएको भन्दै बिरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्