एन्फाकाे अधुराे बैठक अाज पनि बस्दै

काठमाडौं, साउन ११ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक अाज पनि बस्दै छ । हिजाेकाे बैठक बिनानिष्कर्ष टुंगिएको थियाे ।

बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको बैठकले कुनै निर्णय गर्न नसकेपछि अाज  दिउँसो १ बजे बस्नेगरी टुंगिएको हो । बैठकमा थ्रीस्टार क्लबलाई दिने क्षतिपूर्तिबारे बढी छलफल भएको थियो । एन्फाको गल्तीका कारण एसिया कप फुटबलको दोस्रो चरण खेल्न नपाएपछि थ्रीस्टार क्लब आन्दोलित छ ।

थ्रीस्टारलाई डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिएर फुटबलमा फर्काउने प्रयास एन्फाभित्र भएपनि आसन्न साधारणसभामा यो विषय उठ्नसक्ने भएकाले सहज निर्णय गर्न भने एन्फा नेतृत्व तयार नभएको बुझिएको छ ।

बैठकमा तीन महिनापछि हुने एन्फाको निर्वाचन, ‘ए’ डिभिजन लिग सन्चालनलगायतका विषयमासमेत छलफल भएको छ ।

मत बाझिएपछि बैठक फेरि बिहीबार १ बजेका लागि तोकिएको हो ।

कमेन्ट गर्नुहोस्