जनयुद्धका युद्द कमाण्डर अङ्कित भन्छन्, ‘पाँच वर्षमा ग्रीन एण्ड स्मार्ट गाउँपालिका बनाउँछु’

लोकेश धामी/ 

कैलाली,  तत्कालिन नेकपा माओवादीले थालेको जनयुद्धका क्रममा कैलालीका लाजुराम चौधरी ‘अङ्कित’ युद्ध कमाण्डर थिए । तर, अहिले समय परिवर्तन भएको छ । हिजोका दिन युद्ध कमाण्डर रहेका चौधरीलाई अहिले जनताले स्थानीय तहको कमाण्डर चुनेका छन् ।

हाल उनी जनयुद्धका बेला जिल्लाको सबैभन्दा बढि भौतिक संचरचना ध्वस्त भएको कैलारी गाउँपालिकाको अध्यक्ष बनेका छन् । हिजो भौतिक संरचना ध्वस्त गर्ने जिम्मा पाएका चौधरी अहिले भने निर्माण गर्ने जिम्मा पाएका छन् । कैलारी–७ भुइयाँफाँटा घर भएका अङ्कितले आफ्ना निकटतमे प्रतिद्धन्दी नेपाली कांग्रेसका रामसमझ चौधरीलाई ३१७ मत अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भए । कैलालीको सबैभन्दा बढि समस्या भएको ग्रामीण क्षेत्र मध्येको एक हो कैलारी गाउँपालिका । प्रस्तुत छ माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित अङ्कितसँग एभरेष्ट दैनिकका कैलाली संवाददाता लोकेश धामीले गरेको कुराकानीः

कैलारी गाउँपालिकालाई समृद्ध बनाउने तपाइको पहिलो लक्ष्य केहो ?

पाँच वर्षमा कैलारी गाउँपालिकाको ग्रामिण पूर्वाधार विकास सम्पन्न गर्नु नै पहिलो लक्ष्य छ । यदि यहाँको विकास गर्न सकिएन भने कृषकले जे जति उपज उत्पादन गर्छन् त्यसको बजारीकरणमा समस्या कायमै रहने छ । यहाँका अधिकांश किसान कृषिमा संलग्न हुनुहुन्छ । त्यसका कारण स्थानीयद्धारा उत्पादित कृषि उपज बजारसम्म पुर्याउन पाँच वर्षमा ग्रामिण विकास सम्पन्न गर्ने मेरो पहिले लक्ष्य हो ।

प्राथमिकता कस्ता योजना रख्नु भएको छ  ?

सबैभन्दा पहिले मैले यातायातको विषयलाई जोड दिएको छु । यातयात नहुँदा यहाँका स्थानीयबासीन्दाले बर्सौ देखि समस्या भोग्दै आएका छन् । यो समस्यालाई समाधान गर्न आफ्नो कार्यकालमा अन्त्य गर्न रिङ रोड निर्माणमा कटिबद्ध रहनेछु । यस क्षेत्रका टाढाटाढाका स्थानीयलाई सेवामा पहचुँ पुर्याउन रिङ रोड निर्माणमा विशेष पहल रहनेछ । यस्तै कृषि, विद्युत्, खानेपानी, पर्यटन लगयतका विकास पूर्वाधारसँग जोडिएका विषयलाई पनि योजनावद्ध तरिकाले अगाडी बढाउने तयारीमा छु । विकास संगसंगै रोजगारलाई प्रथमिकता दिएको छु । विकास निर्माणका कार्य अगाडी बढाउने र तिनै कार्यमा स्थानीयलाई रोजगार प्रदान गरेर समृद्ध गाउँपालिका बनाउने योजना पहिलो प्राथमिकतामा राखेको छुु ।

कैलारी गउँपालिका पर्यटनका दृष्टिले पनि असाध्यै सम्भावना बोकेको छ । त्यसको विकासका लागि के छन् यहाँसँग योजना  ?

पक्कै पनि यहाँ बाह्य तथा आन्तरिक पर्यटक लोभ्याउने असाध्यै मनोमोहक पर्यटकीय स्थल छन् । तिनको संरक्षण र प्रवद्धनका मैले योजनाकासाथ काम गर्नेछु । यहाँ रहेको कोइलही ताल, बनदेवी मन्दीर लगयत थुप्रै पर्यटक आकर्षण गर्ने स्थल छन् । यी स्थलसम्म पर्यटक तान्नका लागि गुरुयोजनाकासाथ काम गर्ने सोचमा छु ।

त्यसो भए तपाइबाट यहाँका जनताले विकासको अनुभूति कहिले पाँउने छन्  ?

विकासको अनुभूति एक वर्षमा नै पाउँनेछन् । यहाँको यातायात, रोजगार, कृषिको बजारीकरण लगायतमा निकै परिर्वतन भएको कैलारीबसी अनुभूितगर्न पाउनेछन् ।

पाँच वर्ष पछि चाँहि कैलारी गाउँपालिका कस्तो देख्न पाइने छ  ?

मेरो कार्यकालमा ग्रामिण पूर्वाधारको विकास सम्पन्न भएको देख्न पाइने छ । एउटा स्मार्ट गाउँपालिकाको रुपमा पाँच वर्षमा यहाँका जनताले कैलारीलाई पाउने छन् । यस्तै अहिले जलवायू परिर्वतनको असर जताततै पर्न थालेको छ । यसको अन्त्यका लागि मैले ग्रिन एण्ड स्मार्ट गाउँपालिका बनाउने अवधारणा अगाडी सारेको छु । त्यस्तै अहिले जति पनि समस्या जनताले खेप्दै आएका छन्, त्यसको समाधान भएको अनुभूति दिलाउन अहोरात्र खटिरहेको छ ।

यस्ता महत्वकांक्षी काम सफल बनाउन चाँहि योजना कसरि बनाइ रहनु भएको छ  ?

मैले बनाउने भन्ने काम दृढ इच्छाशक्ती र निरन्तरता दियो भने सम्भव नहुने भन्ने छैन । यी काम सम्पन्न गर्नाका लागि जनताको सुझाव सल्लाह संकलन गरि रहेको छु । कसरी अगाडी बढ्दा सहज हुन्छ भनेर निरन्तर यहाँका स्थानीयसँगको सम्र्पकमा बसेको छु । यस्तै गाउँपालिका बाहिरका बुद्धिजीवी, विज्ञ तथा समाजसेवीसँग मैले अगाडी सारेका काम सम्पन्न गर्नका लागि के कसरी अघी बढ्दा उपयुक्त होला भनी नियमित संवादमा छु । म निर्वाचित गाउँपालिका योजना तर्जुमामा कस्ता कामलाई पहिलो प्राथमिकता दिने भनेर गाउँका समस्यासँग परिचित व्यक्तिबाट पनि सल्लाह लिइरहेको छु ।

अन्त्यमा, तपाइले गर्ने काम सफल पार्न कैलारीबासी र राजनितिक दलबाट के अपेक्षा गर्नुभएको छ ?

मलाई जनताले जुन आशाले जिताउनु भएको छ । त्यसको सदूपयोग गर्न म आफ्नो कर्तव्यमा म निकै कटिवद्ध छु । जनतालाई दिएका आश्वासनलाई म जसरि भए पनि पूरा गर्न उनीहरुकै सल्लाहले अघि बढ्ने योजना पनि छ । जनताले सकारात्मक सल्लाह र विकास निर्माण गर्नमा हातेमालोको अपेक्षा गरेको छु ।

आशा छ हेमेशा उनीहरुको साथ रहनेछ । यस्तै यहाँका राजनितिक दलहरुलाई पनि समेटेर मैले प्रत्येक विकास निर्माणका काम अगाडी बढाउने सोचमा छु । कनै राजननितीक दललाई पनि अलग नराखी विकास निर्माण गर्न संगसगैं अगी बढ्ने प्रतिवद्धता पनि गर्न चाहन्छु । विश्वास छ म निर्वाचित गाउँपालिकाका जनता, नागरिक समाज, राजनितीक दल लगायतबाट पूरापुर सहयोग पाउनेछु ।

कमेन्ट गर्नुहोस्