त्रिशूलीमा ट्रक खस्दा, ट्रकसहित सबै बेपत्ता

धादिङ,साउन १२ ।  पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट  बा ४ ख ५१४६ नं को ट्रक त्रिशूली नदीमा खस्दा ट्रकसहित  ट्रकमा सवा सबै बेपत्ता भएका छन् ।

 जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरिक्षक कृष्ण सापकोटाका अनुसार बिहानी पम्पको मोडमा पुगेपछि ट्रक सडकबाट करिब ४० मिटर तल त्रिशूलीमा खसेको हो ।

ट्रक चालक काले दमै रहेको र दुर्घटनास्थल नजिकै पसलमा खाजा खाएर गाडी चलाएको पाँच मिनेटमै गाडी त्रिशूलीमा खसेको स्थानीय पुरुषोत्तम रिमालले जानकारी दिनुभयो । ट्रकमा कति मानिस थिए भन्ने खुल्न सकेको छैन ।

वर्षाका कारण त्रिशूलीमा पानीको बहाव बढेकाले ट्रक र चालकको अवस्था अज्ञात रहेको छ । प्रहरी र स्थानीयले खोजी कार्य सुरु गरेका छन् ।

कमेन्ट गर्नुहोस्