सल्यानले पायो २८ वर्षपछि मन्त्री १

टेकबहादुर बस्नेत: कर्मचारी,शैन्य कमिसार हुँदै मन्त्रीसम्म 

सल्यान क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित सांसद टेकबहादुर बस्नेत देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट सामान्य प्रशासन मन्त्री भएका छन् । सल्यानबाट प्रतिनिधित्व गर्ने संसद र राजनैतिक दलहरुले लामो समयदेखि मन्त्रीमण्डलमा दाबी गरे पनि सल्यानले त्यस्तो उपयूक्त अवसर पाउन सकेको थिएन ।

पटक–पटक माओवादी नेता टेकबहादुर बस्नेत र एमालेका नेता प्रकाश ज्वालाको नाम आएपनि मन्त्री बन्न सफल भएका थिएनन् । २०४६ मा पुर्व प्रधानमन्त्री स्वर्गीय मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री बनेको करिब एक दशकपछि सल्यानका राजेन्द्रबहादुर शाह राज्यमन्त्री बन्न सफल भए पनि सल्यानले मरिचमानसिंह श्रेष्ठपछि मन्त्री पाउँन सकेको थिएन । तर २८ वर्षपछि सल्यानमा माओवादी केन्द्रको तर्फबाट टेकबहादुर बस्नेत सामान्य प्रशासन मन्त्री बने संगै अब सल्यानी राजनीति कुन दिशामा अघि बढ्ला भन्ने नयाँ प्रश्न समेत खडा गरेको छ ।

संम्भवत बस्नेतले पनि तेस्रो प्रयासमा मात्र मन्त्री बन्ने अवसर पाएका हुन् । यसअघि पटक पटक मन्त्रीबन्ने माओवादी केन्द्रको सुचीमा रहे पनि अन्तिम समयमा उनलाई मन्त्रीमण्डलबाट बाहिरै राख्ने गरिन्थ्यो । राजनीतिक यात्राका क्रममा लामो त्याग,तपस्या र लगनशिलताले सत्तामा आइपुगेका बस्नेतले अब सामान्य प्रशासन मन्त्रीको रुपमा समग्र मुलुक र सल्यानलाई केन्द्रसँग जोड्न मन्त्रीको रुपमा कस्तो भूमिका खेल्लान् भन्ने विषय पनि निकै चासोका साथ हेरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातक गरेका बस्नेतले जेटिए भेटनरी समेत पढेका छन् । उनले राजनीति सँगसँगै २०६५ देखि २०६९ सम्म ४ वर्ष लगाएर–“नेपाली कम्यूनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु” को संग्रह र “संविधाननिर्माणमा जनसहभागिता, भाग–१”नामक किताब पनि लेखीसकेका छन् ।

संक्षिप्तमा बस्नेत

नामः टेक बहादुर बस्नेत

जन्म मिति : वि।सं। २०२२ असोज १
जन्मस्थान : बा।न।पा। ८,९साबिक कोटमौला गाविस, वडा नं।३०बिउरेखोला

पिता : स्व।खिमलाल बस्नेत

माता : स्व। टिका कुमारी बस्नेत

श्रीमती : ढाका बस्नेत

दाइ÷भाउजु : कुल बहादुर बस्नेत÷जयकला बस्नेत

पारिवारिक संख्या : ७ जना ९२ छोरा र ३ छोरी सहित

अस्थायी निवास : मनमैजु– काठमाण्डौं

शैक्षिक योग्यता : स्नातक

भाषा : नेपाली, हिन्दी र अंग्रेजी

जागीर : जनकल्यान मा।वि।थारमारे सलयानमा अध्ययन गरि एस।एल।सी।को परीक्षादिएर २०४० देखि २०४२ सम्म सोही विद्यालयमा अध्यापन ।

२०४३ माघमा क्षेत्रीय पशुसेवा निर्देशनालय सुर्खेतबाट नायव प्राविधिक सहायक पदको नियुक्ति लिएर जिल्ला पशुसेवा कार्यालय सल्यान खलङ्गाबाट पशुसेवा कार्यालय रागेचौरमा ३ महिना कार्यरत ।

२०४४ सालमा जिल्ला पशुसेवा कार्यालय रुकुम मुसीकोट र चौरजहारी पशुसेवा कार्यालयमा जागीर ।

२०४५ देखि २०४७ सालसम्म रुकुम जिल्लाको पशुसेवा कार्यालय प्वाङ्गमा र

२०४८–४९ मा जिल्ला पशुसेवा कार्यालय, दाङ्ग घोराहीबाट पशुसेवाकार्यालय दाङ्गकै पंञ्चकुले हुँदै फेरी जिल्ला पशुसेवा कार्यालय रुकुमबाट सरुवा भई चौंरी फार्म डोल्पामा कार्यरत रहदा २०५० साल श्रावण मा सरकारी नोकरी सेवा बाट विदाई ।

भ्रमण : भारत, बंगलादेश,अमेरिका आदि ।

राजनीतिक दल : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र

वर्तमान जिम्मेवारी

सचिवालय सदस्य,माओवादी केन्द,संविधानसभा सदस्य–क्षेत्र नं  १, सल्यान २०७० मंसिर ४ को संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित ।

यस्ता छन् बस्नेत

माओवादीको मात्र नभएर सल्यानकै एक प्रमुख पात्र हुन् बस्नेत । उनी कुनै पनि विषयमा छिटो र तत्काल निर्णय लिनुभन्दा त्यसको गहिराईमा पुगेर निर्णय लिने उनको स्वभाव छ । साथै निर्णयमा अडिक रहने उनको स्वभाव छ ।

बस्नेतको सल्यानी जनतासँग सम्वन्ध राम्रो छ । उनी पहिले माओवादी केन्द्रका नेता÷कार्यकर्तामाझ परिचित बस्नेतलाई पछिल्लो समयमा उनको सामान्य जीवनशैली र राजनीतिक शैली मन पराउँने अन्य पार्टी निकटसँग पनि राम्रो सम्बन्ध बनाउँन सफल रहेको विश्वास गरिन्छ । आफू वरिपरिकालाई विश्वासमा लिएर अघि बढ्ने उनको शैली रहेको बताउँछन् उनका प्रशंसकहरु । उनीसँग आफूप्रति वफादार नेता÷कार्यकर्ताको पुरानो पंक्ति अझै उनी सँगै छ, जसले उनलाई हरदम साथ दिन्छन् ।

बस्नेतको राजनीतिक यात्रा

१०२०४२ मै १० महिने कृषि तथा पशु विज्ञानको कोर्शसंगै नेपालकमर्स क्याम्पस मीनभवनमा अध्ययन गर्दै अखिल विद्यार्थी संगठनमा आबद्ध ।

२० २०४७ असोजमा ने।क।पा।९मशाल० को सदस्यता प्राप्त, मंसीरदेखि पार्टीको तल्लो एकाई सेल कमिटीमा आबद्ध÷संगठित ।

३० २०५० भाद्रदेखि पूर्णकालिनजिल्ला पार्टी सदस्यको जिम्मेवारी प्राप्त ।

४० २०५१ चैत्रमा सम्पन्न ने।क।पा।९एकताकेन्द्र०सल्यान जिल्लाको दोस्रो सम्मेलनबाट जिल्ला सेक्रटरीमा निर्वाचित ।

५० २०५२ मंसीरको बैठकबाट जिल्ला सैनिक आयोगको प्रमुख ।

६० २०५२ चैत्रदेखि २०५६ सम्म रुकुम र सल्यानको जिल्ला पार्टी सचिवालय सदस्य ।

७० २०५६ भाद्रमा रुकुमबाट अलग भएपछि सल्यान जिल्ला पार्टी सेक्रेटरीमा नियुक्त ।

८० २०५७ पौषमा सल्यान जिल्ला जनसरकार प्रमुख तथा फागुनमा पार्टी क्षेत्रीय व्यूरो सदस्य ।

९० २०५८ मा जनमुक्ति सेना, नेपाल कम्पनी कमिस्नर ।

१०० २०५९ मा जनमुक्ति सेना, नेपाल तेस्रो बटालियन कमिस्नर ।

११० २०६० मा जनमुक्ति सेना,नेपाल तेस्रो ब्रिगेड सहकमिस्नर ।

१२० २०६० श्रावणमा पार्टी केन्दीय समिति सदस्यको जिम्मेवारी प्राप्त ।

१३० २०६१ को फून्टिबाङ्ग बैठकमाजनमुक्ति सेना,नेपाल तेस्रो ब्रिगेड कमिस्नर ।

१४० २०६२ असोजको चुनबाङ्ग बैठकमा जनमुक्ति सेना,नेपाल तेस्रो डिभिजन कमिस्नर, पार्टी तेस्रो सैन्यव्यूरो ईन्चार्ज ।

१५० २०६३ मा शान्ति प्रक्रियापछि सल्यान जिल्ला पार्टी ईन्चार्ज ।

१६० २०६४ चैत्र २८ गते,सल्यान–१ बाट संविधानसभा सदस्यमा निर्वाचित ।

१७० २०६९ माघ २०–२६ सम्म सम्पन्न हेटौंडा महाधिवेशनबाट पार्टी केन्दीय समितिमा निर्वाचित ।

१८० २०७० मंसीर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा,सल्यान–१ बाट पुनःसंविधानसभा सदस्यमा निर्वाचित ।

क० संविधानसभा अन्तरगत–संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समिति सदस्य,

ख० संसदीय सुनुवाई विशेष समिति सदस्य,

ग० सार्वजनिक लेखा समिति सदस्य, २०७०÷१२÷१४ गतेको बैठकबाटः संविधानसभा सदस्य रोलक्रम–१८३

१९० २०७१ बैशाख १८–२३ सम्म विराटनगर राष्ट्रिय सम्मेलनबाट पार्टी केन्दीय समिति सदस्यमा निर्वाचित ।

२०० २०७३ जेष्ठ ६ गतेको पार्टी एकताअधिवेशनपछि बसेको पहिलो पोलिटब्युरो बैठकबाट पार्टी केन्दीय सचिवालयमा निर्वाचित ।

२१० २०७२÷०६÷०३ गते,संविधानसभाबाट संविधान निर्माणपछि २०७३÷०५÷२४ गते,आफ्नै पार्टीको नेतृत्वमा बनेको संघीय गणतान्त्रिक नेपाल सरकार, र संसदीयदलको मूख्य सचेतकको जिम्मेवारी सम्हालेको ।

२२० २०७४ जेष्ठ २३ गतेदेखि २०७४ श्रावण ४ सम्म संसदीयदलको प्रमुख सचेतकको जिम्मेवारी सम्हालेको बस्नेत ०६४ साल चैत्र २८ मा सम्पन्न पहिलो संविधानसभा चुनावमा सल्यान क्षेत्र नम्बर १ बाट पहिलो पटक सभासद पदमा पुगे । उनी ६ वर्ष पछि अर्थात् ०७० साल मंसिर ४ मा भएको दोस्रो संविधानसभा निर्वाचनमा पुनः सल्यान क्षेत्र नम्बर १ बाटै प्रत्यक्ष जननिर्वाचित सांसद हुन सफल भए । ०७३ साल भदौ २४ गतेदेखि ०७४ं साल साउन ११ सम्म उनी माओवादी संसदियदलको प्रमुख सचेतक भए । साउन ११ मा नै बस्नेत सल्यान जिल्लामा २८ वर्ष पछि सामान्य प्रशासन मन्त्री बन्न सफल ।

सबैको नजर बस्नेततिर

सल्यान जिल्ला बाट २८ वर्षपछि देशको तेस्रो पार्टीको प्रमुख सचेतक हुँदै मन्त्रीमा पुग्नु बस्नेतको चानचुने उपलब्धि होइन । सल्यान जिल्लामा स्वर्गिय प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठपछि फुल मन्त्री हुनुको अर्थ अब उनी मरिचमानपछिकै ‘सल्यानका प्रमुख नेता’ पनि बन्न पुगेका छन् ।

सबैलाई समेटेर हिँड्न सक्ने तथा आवश्यकता अनुसार कठोर र लचिलो हुनसक्ने क्षमता भएकाले बस्नेत आगामी दिनमा सल्यान जिल्लामा अझ बढि राजनीतिमा छाउन सक्ने विश्वास गरिएको छ । मन्त्रीमण्डलमा बस्नेतको प्रवेशसँगै अब उनले कृषि मन्त्रीको रुपमा छोटो समयमा जनतामाझ कस्ता कार्यक्रमहरु ल्याउलान अनी समग्र देशलाई कसरी अघि बढाउलान् भन्ने चासो पार्टीभित्र तथा समग्र जनतामा बढेको छ ।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सल्यान क्षेत्र नम्बर १ बाट भारी मतले विजय भएका बस्नेत अब माओवादी केन्द्रको मात्रै नभएर सल्यानी राजनीतिकै एक प्रमुख पात्र बन्न सफल भएका छन् । उनीसँग दुई पटक प्रत्यक्ष निर्वाचित सांसद र एकपटक पार्टीको प्रमुख सचेतक भएको अनुभव छ ।

कमेन्ट गर्नुहोस्